लन्डन । २१ अगष्ट सांझ अल्डरसटमा हुन गइरहेको पांचौं मिस यूके नेपाल २०१६ का प्रतिष्पर्धीहरु सप्ताहन्त नयां लुकमा देखिए । फोटोसुट अन्तर्गत कुल ८ जना प्रतिष्पर्धीले अमर राईबाट फोटो र मनिराम राईबाट भिडियो सुट गराएका हुन् ।
आयोजक इभेन्ट्स एण्ड आइडियाजकी निर्देशक शान्ति गुरुङले प्रतियोगिताको तयारी व्यापक भइरहेको जानकारी दिंदै अब ट्यालेन्ट राउण्ड छिट्टै शुरु गरिने बताइन् । पब्लिक च्वाइसका लागि अनलाइन भोटिङ पनि छिट्टै शुरु गर्ने तयारीमा आयोजक छन् ।
प्रतिष्पर्धीलाई प्रशिक्षण दिन नायिका प्रियंका कार्की अगष्ट पहिलो साता बेलायत आउने कार्यक्रम छ । प्रियंकाले ८ अगष्टदेखि प्रशिक्षण दिनेछिन् ।
सन् २०१० देखि शुरु मिस यूके नेपाल प्रतिष्पर्धी अभावका कारण सन् २०१३ र २०१५ मा भने स्थगित भएको थियो । यो पटक पनि अन्तिम समयमा ४ जना प्रतियोगिताबाट बाहिरिएको जनाउंदै शान्तिले अभिभावकहरु कन्भिन्स् हुन नसकेसम्म यस्ता प्रतियोगिता सञ्चालन गर्न कठिनाइ भइरहने बताइन् ।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा