लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले आफ्नो चार वर्षे कार्यकाल सकेर जुन अन्त्यमा स्वदेश फर्कन लागेका कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीको विदाइ गरेको छ । गोर्खा प्यालेस रेष्टुरेन्ट, फानबोरोमा मंगलबार सांझ एक कार्यक्रमबीच क्षेत्रीको विदाइ गरिएको हो । संघको तर्फबाट अध्यक्ष मुछेत्र गुरुङले क्षेत्रीलाई मायाको चिनो, पुष्पगुच्छा एवं खादा प्रदान गरे । साथमा श्रीमति रिता क्षेत्री र दूतावासका अन्य कर्मचारी पनि सामेल थिए ।
करिब ४ घण्टासम्म चलेको कार्यक्रमका सबै वक्ताले क्षेत्रीले नेपाली समुदाय र राष्ट्रका लागि हित एवं दूतावासभित्र आमुल परिवर्तन ल्याएको भन्दै खुलेरै प्रशंसा गरे । विदाइ कार्यक्रम आफैंमा नरमाइलो भएको उल्लेख गर्दै अधिकांशले क्षेत्रीलाई पुनः राजदूतका रुपमा स्वागत गर्न पाइयोस् भन्ने कामना समेत गरे । भूकम्पपछि नेपाली र बेलायती समुदायबाट करिब ७ करोड रुपैयां प्रधानमन्त्री राहत कोषमा पठाउन उल्लेख्य भूमिका खेलेको, एमआरपी बनाउन विभिन्न शहरमा घरदैलो कार्यक्रम राखेको, दूतावासको रंगरोकन, दूतावासको ढिलासुस्ती गुनासो अन्त्य र बेलायत नेपाल कुटनीतिक सम्वन्ध अझ मजवुत बनाउन उल्लेख्य भूमिका खेलेको भन्दै वक्ताहरुले क्षेत्रीको प्रशंसा गरे । नेपाली समुदायबाट हुने हरेक अनुरोध सहर्ष स्वीकार्दै देश र समुदायको हितका लागि क्षेत्री सधैं समर्पित रहेको सहभागीको धारणा थियो ।
कार्यक्रममा केही भावुक जस्तो देखिएका कार्यवहाक राजदूत क्षेत्रीले स्वदेश फिर्ती वाध्यकारी प्रक्रिया भएको उल्लेख गर्दै आफ्नो कार्यकालमा साथ दिने समस्त नेपाली समुदाय र संघसंस्थाप्रति आभार व्यक्त गरे । सहभागीको प्रशंसाले आफूमाथि थप जिम्मेवारी थपिएको महशुस भएको बताउंदै उनले काम गर्ने सिलसिलामा केही कमी कमजोरी भए क्षमा दिन पनि आग्रह गरे ।
दूतावासलाई सधैं आफ्नो घर सम्झेर साथ दिन क्षेत्रीको आग्रह थियो । बेलायतबाट एनआरएनले देश विकास, आर्थिक समृद्धि, पर्यटन प्रवर्धन जस्ता क्षेत्रमा काम गर्न सक्ने क्षेत्रीले बताए ।
एनआरएनए यूके अध्यक्ष मुक्षेत्र गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघका सल्लाहकार विश्व आदर्श पण्डित, युरोप संयोजक कुल आचार्य, एनआरएनए यूके पूर्व अध्यक्षहरु सूर्य गुरुङ, मेजर रि. डमर घले, योगेन क्षेत्री, एनआरएनए यूके आइसीसी सदस्य सुष्मा राई, वरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपाली, विश्व हिन्दू महासंघ यूकेका अध्यक्ष चिरञ्जिवी ढकाल, गुल्मी जिल्ला समाज यूके अध्यक्ष राम गलामी, नेपाल पत्रकार महासंघ यूके उपाध्यक्ष ध्रुवराज अर्याल, पत्रकार चिरन शर्मा, ओमप्रसाद थापा, कल्पना आङबुहाङ, थर्क सेन, कमल भण्डारी, योगकुमार फगामी, एलएन पाण्डे लगायतले क्षेत्रीको चर्चा गर्दै डिप्लोमेटिक करिअरको शुभकामना दिए ।
उक्त अवसरमा श्रष्टाहरु रमेश अधिकारी, ललित न्यौपाने र फडिन्द्र भट्टराईले कविता र मुक्तकबाट क्षेत्रीको प्रशंसा गरेका थिए ।
कार्यक्रममा उपाध्यक्ष दासु पाण्डेले स्वागत र शान्ति थापा कुंवरले धन्यवाद मन्तव्य दिए । कार्यक्रमको संयोजन र सञ्चालन संघका सचिव फडिन्द्र भट्टराईले गरेका थिए ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा