लण्डन । साउथ इस्ट लण्डनका नेपालीहरूकाे पहलमा स्थापित नेपलिज काेअपरेटिभ इन्भेष्टमेण्ट (एनसिअाइ) युकेले नेपालमा सम्भावित लगानीका बारेमा डेनिस व्यवसायीहरूसित छलफल गरेकाे छ ।
गत शनिबार लण्डनमा भएकाे साे छलफलमा डेनमार्कका व्यवसायीहरू पर मिकल्सन र निक हरलेक सहभागी थिए । साे छलफल मुख्य रूपमा नेपालमा सौर्य उर्जामा लगानीका बारेमा केन्द्रीत रहेका एनसिअाइ युकेका अध्यक्ष माेहन गुरूङले जानकारी दिए ।
एनसिआईका अध्यक्ष गुरुङको अध्यक्षतामा भएकाे सो छलफलमा करिब ३० जना सदस्यहरु उपस्थित थिए ।
यसअघि नेपालमा गइ अध्यक्ष गुरूङले उर्जा तथा वातावरण, विज्ञान तथा प्रविधि मन्त्रीसित नेपालमा सौर्य उर्जा उत्पादनमा लगानीका बारेमा छलफल गरिसकेका छन।
एनसिअाइमा युकेका करिब डेढ सय नेपाली व्यवसायीहरु अावद्ध रहेका छन् ।
साे समूहले युकेमा घर जग्गा तथा नेपालमा पनि लगानी गरिसकेकाे छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते