
लन्डन । लन्डनमा यो साता नेपाल म्यूजिक फेस्टिबल हुने भएको छ । पर्छ प्रोडक्शनले १७ जुन शुक्रबार कोरोनेट थिएटरमा फेस्टिबल गर्न लागेको हो ।
सांझ साढे ६ बजेदेखि हुने कार्यक्रममा फिरोज स्याङडेन (पूर्व १९७४ एडी), नरेन लिम्बु, सविन राई र जेपिटी रकर्ज व्याण्डको सहभागिता हुंदैछ । फेस्टिबलले नेपाली संगीत इतिहास झल्काउने पर्छ प्रोडक्शनका समिर गुरुङले जनाए । वेम्ली ऐरिनामा पहिलो पटक नेपथ्यको विशाल कन्सर्ट गरेको उक्त प्रोडक्शनले बेलायतमा फेसन शो, चलचित्र महोत्सव, फुटबल प्रतियोगिता, फोटो प्रदर्शनी लगायत नियमित कन्सर्ट गर्दै आएको छ ।
संस्थाले केही महिना अघि युवाहरु आमन्त्रित गरेर नेपाली कविता वाचन कार्यक्रम गरेको थियो जसमा जुनकिरी इनिसिएटिभको साथ थियो । ‘नयां पुस्ताले पनि नेपाली गीत संगीत र कला बेलायतमा जीवन्त राखिरहेको छ भन्ने प्रमाणित गर्न चाहन्छौं हामी’, समिर भन्छन् ।
उक्त संस्थामा नेपाली कला संगीतप्रति समर्पित युवाहरुको वाहुल्यता छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते