
लन्डन । यती नेपाली एसोसिएसन यूकेले जुलाई २३ शनिबार यती कप फुटबल प्रतियोगिता गर्ने भएको छ । फेल्थाम कम्युनिटी कलेज मैदानमा खेल हुन लागेको हो । खेल्न इच्छुक टिमले २२ जुलाई सम्म २०० पाउण्ड तिरेपछि प्रतियोगितामा भाग लिन सक्नेछन् ।
प्रतियोगितामा पहिलो हुने टिमलाई १२५० पाउण्ड नगद सहित मेन ट्रफी र रनर अप (दोश्रो) हुने टिमलाई ट्रफीसहित ६ सय पाउण्ड नगद प्रदान गरिने एसोसिएसनले जनाएको छ । धेरै गोल गर्ने खेलाडी (टप स्कोरर) लाई गोल्डेन बुट दिइने छ ।
एसोसिएसनले प्रतियोगिताका लागि अर्थ संकलन अभियान शुरु गरेको छ । कोषाध्यक्ष जीवन सेनले हालसम्म करिब १५ सय पाउण्ड संकलन भएको फेहरिस्त प्रस्तुत गर्दै थप आर्थिक रकम आवश्यक हुने भएकाले सहयोगका लागि सबैमा अपिल गरेका छन् ।
केही साताअघिमात्र एसोसिएसनले संस्थाको इतिहासमै पहिलो पटक महिला अध्यक्ष पिपला देवानको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको छ । एसोसिएसनले भावी दिनमा यस्ता सामाजिक गतिविधि अरु तीव्र बनाउने भएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते