
लन्डन, ३० जेठ । बेलायतकी महारानी एलिजाबेथ द्वितियाले आइतबार ९०औँ जन्मदिन मनाउनुभएको छ ।
लन्डनमा बकिङ्गघम दरवार परिसरमा हजाराँै व्यक्तिको सहभागीतामा महारानीले आफ्नो जन्मदिन मनाउनुभएको हो ।
सो जन्मदिन समारोहमा १० हजार भन्दाबढी व्यक्ति जम्मा भएका अनुमान गरिएको छ । उक्त समारोहमा उहाँका पति राजकुमार फिलिप र नातिहरु राजकुमार विलियम र हेरी पनि उपस्थिति रहनुभएको बताइएको छ ।
राजसंस्था आवद्ध सङ्गठनकर्मीलाई समारोहमा सहभागीताको लागि १५० पाउण्ड बराबरको टिकटको बस्दोबस्त गरिएको बताइएको छ ।
महारानी एलिजाबेथका नाती तथा पेटर फिलिपका छोरा आनेद्वारा आयोजित यो समारोह कुनै नाफामूलक कार्यको लागि नभएको जनाइएको छ ।
महारानीको ९०औँ जन्मदिनको औपचारिक कार्यक्रम बेलायतमा गत शुक्रबारबाट नै सुरु गरिएको थियो ।
बेलायतमा राजपरिवारको २५० वर्ष अघिदेखिको पराम्पराअनुसार महारानीले वर्षमा दुई पटक जन्मदिन मनाउनुहुन्छ ।
उहाँको खास जन्ममिति सन् १९२६ को अप्रिल २१ मा पर्दछ । तर औपचारिक जन्मदिनको रुपमा प्रत्येक वर्ष जुन महिनामा मनाउने गरिएको बताइएको छ ।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा