
दशरथ रङ्गशालामा आइतबार मध्याह्न सुरु हुने नयाँ शक्ति नेपालको उद्घाटनअघि बबरमहलबाट सुरु भएको पदयात्रा । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ३० जेठ । दशरथ रङ्गशालामा मध्याह्न सुरु हुने नयाँ शक्ति नेपालको उद्घाटन अघि राजधानीका चार स्थानबाट पदयात्रा सुरु भएको छ ।
कालीमाटी, रत्नपार्क, बबरमहल र कुपण्डोलबाट सुरु भएको पदयात्रा दशरथ रङ्गशालामा प्रवेश गरी सभामा परिणत हुनेछ । पदयात्रालाई सवारीसाधनलाई अवरोध नगर्ने गरी व्यवस्था मिलाइएको नयाँ शक्ति निकटको नेपाल प्रेस सोसाइटीका केन्द्रीय संयोजक रुद्र भट्टले राससलाई जानकारी दिनुभयो ।
पदयात्रामा सहभागीले ढाडमा ‘तपार्इंलाई असुविधा भएकामा क्षमाप्रार्थी छौँ’ भन्ने सन्देश राखेर प्रदर्शन गरेका छन् । केन्द्रीय सचिवालय सदस्य क्रमशः कालीमाटीमा वामदेव क्षेत्री, रत्नपार्कमा पासाङ शेर्पा, बबरमहलमा महेन्द्र पासवान र कुपण्डोलमा हिसिला यमीले पदयात्राको नेतृत्व गरिरहनुभएको छ । पदयात्राका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ नहोस् भनी पैदलमार्गको बाटाबाट हिँडिएको पार्टी प्रवक्ता खिमलाल देवकोटाले बताउनुभयो ।
आजको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेता तथा व्यवस्थापिका –संसद्का सबै सांसदलाई निम्ता गरिएको छ ।
‘उदघाटन समारोह फरक शैलीमा सञ्चालन गरिनेछ, खस आर्यका तर्फबाट नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले सभापतित्व, मधेसबाट रामचन्द्र झाले स्वागत, कार्यक्रमको सञ्चालन महिलाका तर्फबाट नायिका करिश्मा मानन्धर र जनजातिका तर्फबाट पासाङ शेर्पाले संयुक्त रुपमा गर्नुहुनेछ,’–उहाँले भन्नुभयो ।
उदघाटनपछि सोमबार र मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा छलफल सत्र गरिने र त्यसले पार्टीको नीति तथा कार्यक्रम र थप पदाधिकारीको टुङ्गो लगाउने प्रवक्ता देवकोटाले बताउनुभयो ।
पार्टी घोषणका लागि नेता देवेन्द्र पौडेलको नेतृत्वमा मूल व्यवस्थापन समिति र १४ उपसमिति गठन गरिएको छ । घोषणा समारोहमा ७५ जिल्लाका प्रतिनिधिले सहभागिता जनाउने र विदेशबाट समेत प्रतिनिधि आउने बताइएको छ ।
घोषणासभामा नेपालस्थित २५ देशका राजदूतलाई समेत निम्तो गरिएको पार्टीले जनाएको छ । शुभकामना दिन भारतीय नेता केसी त्यागी, डिपी त्रिपाठी, वामपन्थी पत्रकार आनन्दस्वरुप बर्मा लगायत काठमाडौँ आइपुगेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
‘अबको निकास आर्थिक विकास’ भन्ने नारासहित एक लाखभन्दा बढी संस्थापक सदस्यले आज एकै पटक सामूहिक सपथ ग्रहण गर्ने बताइएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने