
लन्डन । गुल्मी जिल्ला समाज यूकेले नेपालमा दुई परिवारलाई आर्थिक सहयोग गरेको छ । समाजले चम्ल्याहा सन्तानका बाबु जनक कुँवर र भारतमा श्रीमानको निधन भएपछि सहाराविहीन भएकी सीता भूसाललाई जनही ५०, ५० हजार रुपैयां सहयोग गरेको हो ।
काठमाडौं डिल्लीबजारस्थित टाइम्स कलेजमा एक कार्यक्रमबीच समाजका महासचिव शिव भण्डारीले रकम हस्तान्तरण गरेका हुन् । जैसिथोक समाज, काठमाडौंको आयोजनामा भएको रकम हस्तान्तरण कार्यक्रममा बोल्दै समाजका महासचिव भण्डारीले मानवीय सहयोग र जिल्लाको विकासमा समाजले निरन्तर सहयोग दिइरहने बताए ।
जैसिथोक समाज, काठमाडौंका अध्यक्ष राजनप्रसाद पोखरेलले पीडित परिवारलाई सहयोग गरेकोमा समाजलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि आफ्नो जन्मस्थलले कुन न कुनै रुपले सहयोग पाइरहने विश्वास व्यक्त गरे ।
सचिव कृष्ण भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रममा इन्द्र पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने पूर्व गाविस अध्यक्ष सुरेन्द्र पोखरेलले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा उपप्राध्यापक विष्णु पन्थीलगायतको उपस्थिति थियो ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?