
वासिङ्टन डिसी, २९ जेठ । विश्व प्रसिद्ध फोव्र्स पत्रिकाले नेपालको पोखरालाई सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भएको उल्लेख गरेको छ ।
फोव्र्सका अनुसार अमेरिकी डलरको स्थानीय मुद्रासँगको विनिमय दरलाई आधार मानेर यस्तो तथ्य सार्वजनिक गरेको हो ।
विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गर्ने फोव्र्सले प्रकाशित गर्ने यस्तो सूचीले पर्यटकको आगमनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अमेरिकामा व्यवसाय गर्दै आउनुभएका युएस नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष वेद खरेलले राससलाई बताउनुभयो ।
खरेलले भन्नुभयो, “अमेरिकाका मध्यमवर्गका लागि यो महत्वपूर्ण सूचना हुन सक्छ । यसरी पोखरा सूचीकृत हुनु आफैँमा नेपालको पर्यटन प्रचार पनि हो ।”
उक्त पत्रिकाले प्रतिदिन १५ डलर ८४ सेन्टमा नेपालको पोखरामा बस्न सकिने उल्लेख गरेको छ । सोसँगै २१ स्थानलाई पर्यटकीय सम्भावनाको सस्तो क्षेत्रको रुपमा फोव्र्सले सूची निकालेको छ । यी २१ स्थानमध्ये काठमाडौँ सातौँ स्थानमा छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने