
काठमाडौँ, २६ जेठ । सरकारले उपराष्ट्रपति नन्दबहादुर पुनको आगामी चीन भ्रमण स्वीकृत गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति पुनको आगामी जेठ २८ गतेदेखि असार २ गतेसम्म हुने मित्रराष्ट्र चीनको औपचारिक भ्रमणलाई स्वीकृत गरेको हो । उपराष्ट्रतिमा निर्वाचित भएयता उपराष्ट्रपति पुनको यो पहिलो विदेश भ्रमण हो ।
त्यसैगरी सरकारले विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सिँचाइ र सिँचाइ मन्त्रालयका सचिव अनुप उपाध्यायलाई विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरुवा गर्ने निर्णय गरेको उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
बैठकले नेपाल स्वास्थ्य सेवा हेल्थ इन्फेक्सन समूह अधिकृत एघारौँ तहमा भोगेन्द्रराज डोटेल, झलकशर्मा पौडेल र चन्द्रदेव महतोलाई बढुवा गरी नियुक्ति गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले थाइल्यान्डमा उपचार गराउँदै आउनुभएका जनआन्दोलन २०६२, ६३ का घाइते सिन्धु उप्रेतीको स्वास्थ्य उपचारका लागि रु १६ लाख ५६ हजार सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
उक्त रकम त्यहाँस्थित नेपाली राजदूतावासमार्फत सरकारले उपलब्ध गराउने छ । त्यसैगरी सम्पत्ति सुद्धिकरणसम्बन्धी नियमावली–२०७३ छलफलका लागि विधेयक समितिमा पठाउने निर्णय गरेको उद्योगमन्त्री पाण्डेले जानकारी दिनुभयो ।
 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो