लन्डन । लर्डसमा हुने एमसीसी (मार्लेबोन क्रिकेट क्लव) र नेपाली क्रिकेट टिमबीचको मैत्रीपूर्ण खेल सफल बनाउन बेलायतस्थित नेपाली युवा समेत जुटेका छन् । ओजेश सिंह नेतृत्वको एक युवा समूहले जुलाई १९ मा हुने उक्त ऐतिहासिक खेल सफल बनाउन साथ दिएको हो । गत साता नेपलिज तन्दूरीमा बसेको लेक्स, प्रशान्त, प्रदीप, सुकृति, आस्था, यादव, ओजेश, श्रेया, समिर र गणेश सहभागी बैठकले दूतावाससहित मुख्य आयोजक तयारी समितिलाई साथ दिंदै सम्भव भएसम्मका उपाय अवलम्वन गर्ने भएको छ । करिब दश हजार दर्शक उतार्नुपर्ने चुनौतीबीच बेलायतको हरेक वर्ग खेल सफल बनाउन लागिरहेको छ ।
बेलायत नेपाल कुटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्ष पुगेको उपलक्ष्यमा पहिलोपटक लर्डस् ग्राउण्डमा नेपाली टिमले खेल्ने निश्चित भएपछि यसलाई सर्वत्र चासोका साथ हेरिएको छ । यस्तो ऐतिहासिक खेलमा सहभागिता जनाउन दूतावासले सबैसंग आग्रह गरेको छ ।
यसैबीच, खेलको हालसम्मका तयारी र अन्य सल्लाह सुझाव लिन आज बुधबार अपरान्ह ४ बजे लन्डनस्थित नेपाली दूतावासमा बैठक डाकिएको छ । बैठकमा बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधि र आयोजक समितिका सदस्यहरु सहभागी हुने अपेक्षा छ ।
यतिखेर टिकट विक्री र ब्यानर, लिफलेट तयार गरि प्रचार प्रसारलाई तीव्र बनाइएको छ । विशेष गरि दीपक श्रेष्ठ, गणेश खड्का, एभरेष्ट गौतम, कृष्ण शर्मा, राजन खकुरेल लगायतले दौडधुप गरिरहेका छन् । यसै सातामात्र करिब ७ सय टिकेट विक्री भइसकेको राजन खकुरेलले जानकारी दिए ।
क्याप्टेन पारस खड्काले खेल प्रवर्धन हुने खालको एकहजार टिसर्ट छपाउन अर्डर दिइसकेका र ति टिसर्ट च्यारिटीका लागि सुपथ मुल्यमा विक्री गरिने जनाइएको छ ।
खेल हेर्न लिभरपुल नेपाली कम्युनिटी र स्कटल्याण्डको नेपाली समुदाय कोचबाटै आउने निश्चित भएको छ । नेपाल पर्यटन बोर्डका यूके प्रतिनिधि पशुपति भण्डारीको पहलमा ब्ल्याकहिथ र आसफोर्ड केन्टबाट समेत कोचमा दर्शक उतारिनेछ ।
नेपाली दूतावासको प्रत्यक्ष संलग्नतामा गैर आवासीय नेपाली संघ बेलायत, नेपाल पर्यटन बोर्ड यूके लगायत नेपाली संघसंस्थाले यसमा साथ दिएका छन् ।
प्रवेश शुल्क जम्मा दश पाउण्ड र शुल्कबाट संकलित रकमको केही हिस्सा नेपालको पुनर्निर्माणमा जाने भएकाले सबै बेलायतवासी नेपालीलाई सहभागी भइदिन आयोजकको अपिल छ ।
६५ वर्ष माथिकालाई ५ पाउण्ड र १६ वर्ष मुनीकालाई निशुल्क हुने उक्त खेलको टिकेट अनलाइन वा खेल हुने दिन ढोकैमा किन्न सकिनेछ ।
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
इरानले शान्ति प्रस्ताव अस्वीकार गरे पुनः आक्रमण गर्ने अमेरिकाको चेतावनी
लन्डनमा गुञ्जियो नेपाली हिपहप
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान