लन्डन । एमसीसी (मार्लेबोन क्रिकेट क्लव) र नेपाली क्रिकेट टिमबीचको मैत्रीपूर्ण खेल सफल बनाउन साता नबित्दै अर्को बैठक बस्ने भएको छ । ८ जुन बुधबार अपरान्ह ४ बजे लन्डनस्थित नेपाली दूतावासमा बैठक डाकिएको हो ।
बैठकमा बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधि र आयोजक समितिका सदस्यहरु सहभागी हुने अपेक्षा छ ।
नेपाली दूतावासको प्रत्यक्ष संलग्नतामा खेल सफल बनाउन तयारी समिति जुटिरहेको छ । यसमा गैर आवासीय नेपाली संघ बेलायत, नेपाल पर्यटन बोर्ड यूके लगायत संघसंस्थाको साथ छ ।
बेलायत नेपाल कुटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्ष पुगेको उपलक्ष्यमा आगामी जुलाई १९ तारिख मंगलबारका दिन पहिलोपटक विश्वविख्यात लर्डस् ग्राउण्डमा नेपाली टिमले खेल्न लागेको हो । यस्तो ऐतिहासिक खेलमा सहभागिता जनाउन दूतावासले आग्रह गरेको छ । प्रवेश शुल्क जम्मा दश पाउण्ड र शुल्कबाट संकलित रकमको केही हिस्सा नेपालको पुनर्निर्माणमा जाने भएकाले सबै बेलायतवासी नेपालीलाई सहभागी भइदिन आयोजकको अपिल छ ।
६५ वर्ष माथिकालाई ५ पाउण्ड र १६ वर्ष मुनीकालाई निशुल्क हुने उक्त खेलको टिकेट अनलाइन वा खेल हुने दिन ढोकैमा किन्न सकिनेछ । यतिखेर टिकेट विक्री र ब्यानर, लिफलेटसहित प्रचार प्रसारमा दीपक श्रेष्ठ, गणेश खड्का, एभरेष्ट गौतम, कृष्णप्रसाद शर्मा, राजन खकुरेल लगायतको दौडधुप छ ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई