
काठमाडौं । वरिष्ठ संगीतकार अम्बर गुरुङको मंगलबार निधन भएको छ ।
राष्ट्रिय गानका संगीतकार ७९ वर्षीय गुरुङको उपचारका क्रममा मंगलबार विहान २ बजेर ३७ मिनेटमा निधन भएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले जानकारी दिएको छ ।
खानेनलीमा समस्या, श्वासप्रश्वासमा जटिलता, मधुमेह, पार्किसन्स तथा उच्च रक्तचापलगायत समस्याले ग्रसित गुरुङ एक सातादेखि ग्रान्डी अस्पतालमा उपचाररत थिए । उनलाई आइतबार रातीबाट भेन्टिलेटरमा राखिएको थियो ।
गुरुङको जन्म १९९४ साल फागुन १४ गते भारतको दार्जिलिङमा भएको थियो ।
भारतको दार्जिलिङमा जन्मेर नेपाल आई उहाँले नेपाली गीतसङ्गीतमा योगदान गर्नुभएको थियो । ‘रातो र चन्द्रसूर्य’, ‘नौ लाख तारा उदाए’, ‘म अम्बर हुँ, तिमी धर्ती’ लगायत करिब हजार गीतमा उहाँले सङ्गीत भर्नुभएको थियो । उहाँ गीतकार, सङ्गीतकार र गायक तीनै विधामा पोख्त हुनुहुन्थ्यो । जनजीवनमा उहाँलाई ‘राष्ट्रगायक’ भन्न थालिइसकेको थियो ।
उहाँ नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपति हुनुहुन्थ्यो । उहाँका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।
उनको निधनपछि वरिष्ठ सञ्चारकर्मी सुमन खरेलले फेसबुकमा लेखेका छन्, अब बाँकी रहे केवल उहाँका अमर सृजनाहरु, जो धेरैले बर्षौं बर्ष गुनगुनाइ रहनेछन् । नेपालको समय अनुसार आज मंगलबार बिहान २.३७ मा बरिष्ठ संगीतसाधक अम्बर गुरुङको ग्रान्डी अस्पतालमा निधन भएको छ ।
अर्का पत्रकार राजकुमार दिक्पाल लेख्छन्, नेपाली संगीतको एउटा युगको अवसान । हार्दिक श्रद्धासुमन ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग