
काठमाडौं । वरिष्ठ संगीतकार अम्बर गुरुङको मंगलबार निधन भएको छ ।
राष्ट्रिय गानका संगीतकार ७९ वर्षीय गुरुङको उपचारका क्रममा मंगलबार विहान २ बजेर ३७ मिनेटमा निधन भएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले जानकारी दिएको छ ।
खानेनलीमा समस्या, श्वासप्रश्वासमा जटिलता, मधुमेह, पार्किसन्स तथा उच्च रक्तचापलगायत समस्याले ग्रसित गुरुङ एक सातादेखि ग्रान्डी अस्पतालमा उपचाररत थिए । उनलाई आइतबार रातीबाट भेन्टिलेटरमा राखिएको थियो ।
गुरुङको जन्म १९९४ साल फागुन १४ गते भारतको दार्जिलिङमा भएको थियो ।
भारतको दार्जिलिङमा जन्मेर नेपाल आई उहाँले नेपाली गीतसङ्गीतमा योगदान गर्नुभएको थियो । ‘रातो र चन्द्रसूर्य’, ‘नौ लाख तारा उदाए’, ‘म अम्बर हुँ, तिमी धर्ती’ लगायत करिब हजार गीतमा उहाँले सङ्गीत भर्नुभएको थियो । उहाँ गीतकार, सङ्गीतकार र गायक तीनै विधामा पोख्त हुनुहुन्थ्यो । जनजीवनमा उहाँलाई ‘राष्ट्रगायक’ भन्न थालिइसकेको थियो ।
उहाँ नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपति हुनुहुन्थ्यो । उहाँका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।
उनको निधनपछि वरिष्ठ सञ्चारकर्मी सुमन खरेलले फेसबुकमा लेखेका छन्, अब बाँकी रहे केवल उहाँका अमर सृजनाहरु, जो धेरैले बर्षौं बर्ष गुनगुनाइ रहनेछन् । नेपालको समय अनुसार आज मंगलबार बिहान २.३७ मा बरिष्ठ संगीतसाधक अम्बर गुरुङको ग्रान्डी अस्पतालमा निधन भएको छ ।
अर्का पत्रकार राजकुमार दिक्पाल लेख्छन्, नेपाली संगीतको एउटा युगको अवसान । हार्दिक श्रद्धासुमन ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते