लन्डन । गायिका ज्योतिमगरको पहिलो शो शनिवार थियो अल्डरसटस्थित एम्पायर हलमा । ‘हट एण्ड सेक्सी’ उपमा पाएकी ज्योति पहिलो हाफ गुन्यूचोलीमा प्रस्तुत हुंदा दर्शकदीर्घा निराश बन्यो ।
कसैले हलबाट प्याच्च भन्यो, ‘ज्योतिको हट पहिरन त देख्नै पाइएन ।’ आयोजक सपन इन्टरटेनमेन्ट लिमिटेडका निर्देशक सपनकुमार राईकै चाहना थियो ज्योतिलाई शुरुवातमा गुन्यूचोलीमा उतार्ने । तर, दर्शकले ज्योतिलाई अर्धनग्न पहिरनमा खोजेपछि सेकेन्ड हाफमा ज्योति आइन् छोटो ड्रेसमा जसबाट थाइ र वक्षस्थल प्रष्ट देखिन्थ्यो ।
‘त्यसपछि हल थर्कियो’, सपन स्मरण गर्छन्, ‘ज्योतिको तडकभडक हाउभाउ नै दर्शक रोजाइमा रहेछ ।’ पहिलो शो अत्यधिक सफल भएको सपनले जनाए । गायिका ज्योति र भद्रगोलका बले एवं कक्रोजले झण्डै तीनघण्टा लगातार दर्शकलाई मनोरन्जन दिलाए । बले र कक्रोज चाहिं हांस्यव्यंग्य प्रस्तुत गर्न तल्लीन थिए ।
सपन इन्टरटेनमेन्ट लिमिटेडको ‘बबाल धमाका’ का लागि कलाकारत्रय गत साता बेलायत आइपुगेका हुन् । सपन इन्टरटेनमेन्ट लिमिटेडका निर्देशक सपनकुमार राईका अनुसार, यी कलाकारको कार्यक्रम ११ जुनमा फोकस्टोन हकिन्ज कम्युनिटी सेन्टरमा, १२ मा ह्यारो बरो फुटबल क्लब, १३ मा लेष्टर नेपाली साझा कम्युनिटी लेस्टर, १७ मा फेल्थाम कम्युनिटी कलेज, १८ मा स्वीन्डन र १९ मा प्लमस्टिडमा हुने तय भइसकेको छ भने अन्यत्र शहरमा पनि कार्यक्रम गरिंदैछ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा