लन्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटीले गत वर्ष जस्तै यस वर्ष पनि टेन के फन रनलाई निरन्तरता दिने भएको छ । कम्युनिटीले रसमुर बरो काउन्सिल, ब्ल्याक वाटर भ्याली रनर्स र नया युवासंगको साझेदारीमा १० के फन रनलाई निरन्तरता दिने भएको हो । स्थानीय र नेपाली दुवै समुदायबीच आपसी हार्दिकता बढाउन उक्त दौड अत्यन्तै महत्वपूर्ण सावित भएकाले हरेक वर्ष अक्टुबरमा निरन्तर रुपमा आयोजना गर्ने निर्णय कम्युनिटीले गरेको छ ।
कम्युनिटीका वरिष्ठ उपाध्यक्ष जीव बेल्बासेका अनुसार, यसपटकको दौडमा गत वर्षभन्दा दोब्बर एकहजार जनाको सहभागिता गराउने लक्ष्य लिइएको छ ।
गत वर्ष दौडमा नेपाली र स्थानीय समुदायको बराबरी सहभागिता थियो ।
यस वर्ष सल्लाहकार मेजर रिटायर्ड खिम गौचन संयोजक र वरिष्ठ उपाध्यक्ष जीव बेल्बासे सहसंयोजक रहने गरि दौडको सम्पूर्ण जिम्मेवारी दिइएको छ ।
आगामी ०४ अक्टुबर २०१६ आइतबार बिहान १० बजे शुरु हुने उक्त दौडमा सहभागी हुन इच्छुक व्यक्तिले २८ सेप्टेम्बर २०१६ भित्र अनलाइन दर्ता गरिसक्नु पर्ने संयोजक गौचनले बताए ।
गत बुधबार ०१ जुन २०१६ मा रसमुर बरो काउन्सिलका मार्टिन स्टेरियो, ब्ल्याक वाटर भ्याली रनर्सका मिडिया सेक्रेटरी स्टिभ राड्क्लिफ, सेक्रेटरी एण्डी राडक्लिफ, संयोजक मेजर रिटायर्ड खिम गौचन र सहसंयोजक जीव बेल्बासे समेतको बैठकले स्थानीय च्यारिटीलाई सपोर्ट, बढी भन्दा बढी सहभागिता, आवश्यक मार्सल र व्यापक प्रचार प्रसार गर्ने विषयमा छलफल भएको थियो । रसमुर क्षेत्रमामात्र नभई समस्त यूकेबासी नेपाली समुदायमा सहभागिताका लागि ग्रेटर रसमुर नेपाली कम्युनिटीले हार्दिक आव्हान गरेको वरिष्ठ उपाध्यक्ष जीव बेल्बासेले जनाए ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश