
लन्डन । गायिका ज्योतिमगर भद्रगोलका बले र कक्रोजका साथ यतिखेर बेलायतमा छिन् । सपन इन्टरटेनमेन्ट लिमिटेडको बबाल धमाकाका लागि कलाकारत्रय बेलायत आइपुगेका हुन् । उनीहरुको पहिलो कार्यक्रम भोलि शनिबार अल्डरसटस्थित एम्पायर हलमा हुने तय भएको छ ।
दर्शकहरु ज्योतिलाई सुन्न भन्दा हेर्न लालयित देखिएका छन् । ग्ल्यामरस र तडकभडक हाउभाउले दर्शक तान्न माहिर ज्योतिले बबाल धमाका सांझमा देखाउने हुन् वा सुनाउने सबैलाई कौतुहलता छ । कयौं प्रयासपछि यूके भिजा पाएकी ज्योतिलाई करिअरवाइज भने यो भ्रमण बढि महत्वपूर्ण छ ।

आफूलाई ‘हट एण्ड सेक्सी’ भनिदिंदा खुशी लाग्छ भन्ने ज्योति यसलाई प्रिय दर्शकहरुले दिएको एक किसिमको उपनाम मान्छिन् ।
लोकदोहोरी गायिकाले के लगाउन वा गर्न हुन्छ हुन्न त्यस्तो क्राइटेरिया कहीं पनि नभएको बताउने उनले लोकगायनमा आफूले केही परिवर्तन गर्न खोजेको बताइन् । ‘म पनि नेपालकी छोरी भएकाले कतिसम्म पच्छ र कति गर्नुहुन्छ राम्ररी थाहा छ’, उनले भनिन्, ‘मलाई मेरो कामप्रति गर्व छ ।’
विवाद र चर्चा बटुल्न सफल ‘ढाडे बिरालो’ को गीतको सुटिङपछि अहिले फेरि बले र कक्रोजसंगै काम गर्न पाउंदा धेरै रमाइलो भएको उनले बताइन् ।
सपन इन्टरटेनमेन्ट लिमिटेडका निर्देशक सपनकुमार राईका अनुसार, यी कलाकारको कार्यक्रम ११ जुनमा फोकस्टोन हकिन्ज कम्युनिटी सेन्टरमा, १२ मा ह्यारो बरो फुटबल क्लब, १३ मा लेष्टर नेपाली साझा कम्युनिटी लेस्टर, १७ मा फेल्थाम कम्युनिटी कलेज, १८ मा स्वीन्डन र १९ मा प्लमस्टिडमा हुने तय भइसकेको छ भने बांकी कार्यक्रम पनि बन्दैछन् ।
यूके आउनुअघि अष्ट्रेलियामा मिलन लामासंग लाइभ दोहोरी गाएर दर्शक मन बटुलेकी उनले यूकेका दर्शकलाई पनि भरपुर मनोरन्जन दिने प्रण गरेकी छिन् ।
ज्योतिको चर्चित ढाडे बिरोलो गीतको भिडियो यस्तो छः
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा