
लन्डन । गायिका ज्योतिमगर भद्रगोलका बले र कक्रोजका साथ यतिखेर बेलायतमा छिन् । सपन इन्टरटेनमेन्ट लिमिटेडको बबाल धमाकाका लागि कलाकारत्रय बेलायत आइपुगेका हुन् । उनीहरुको पहिलो कार्यक्रम भोलि शनिबार अल्डरसटस्थित एम्पायर हलमा हुने तय भएको छ ।
दर्शकहरु ज्योतिलाई सुन्न भन्दा हेर्न लालयित देखिएका छन् । ग्ल्यामरस र तडकभडक हाउभाउले दर्शक तान्न माहिर ज्योतिले बबाल धमाका सांझमा देखाउने हुन् वा सुनाउने सबैलाई कौतुहलता छ । कयौं प्रयासपछि यूके भिजा पाएकी ज्योतिलाई करिअरवाइज भने यो भ्रमण बढि महत्वपूर्ण छ ।

आफूलाई ‘हट एण्ड सेक्सी’ भनिदिंदा खुशी लाग्छ भन्ने ज्योति यसलाई प्रिय दर्शकहरुले दिएको एक किसिमको उपनाम मान्छिन् ।
लोकदोहोरी गायिकाले के लगाउन वा गर्न हुन्छ हुन्न त्यस्तो क्राइटेरिया कहीं पनि नभएको बताउने उनले लोकगायनमा आफूले केही परिवर्तन गर्न खोजेको बताइन् । ‘म पनि नेपालकी छोरी भएकाले कतिसम्म पच्छ र कति गर्नुहुन्छ राम्ररी थाहा छ’, उनले भनिन्, ‘मलाई मेरो कामप्रति गर्व छ ।’
विवाद र चर्चा बटुल्न सफल ‘ढाडे बिरालो’ को गीतको सुटिङपछि अहिले फेरि बले र कक्रोजसंगै काम गर्न पाउंदा धेरै रमाइलो भएको उनले बताइन् ।
सपन इन्टरटेनमेन्ट लिमिटेडका निर्देशक सपनकुमार राईका अनुसार, यी कलाकारको कार्यक्रम ११ जुनमा फोकस्टोन हकिन्ज कम्युनिटी सेन्टरमा, १२ मा ह्यारो बरो फुटबल क्लब, १३ मा लेष्टर नेपाली साझा कम्युनिटी लेस्टर, १७ मा फेल्थाम कम्युनिटी कलेज, १८ मा स्वीन्डन र १९ मा प्लमस्टिडमा हुने तय भइसकेको छ भने बांकी कार्यक्रम पनि बन्दैछन् ।
यूके आउनुअघि अष्ट्रेलियामा मिलन लामासंग लाइभ दोहोरी गाएर दर्शक मन बटुलेकी उनले यूकेका दर्शकलाई पनि भरपुर मनोरन्जन दिने प्रण गरेकी छिन् ।
ज्योतिको चर्चित ढाडे बिरोलो गीतको भिडियो यस्तो छः
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई