लन्डन । अन्तर्राष्ट्रिय नेपाली तेक्वान्डो संघ, बेलायत (एन्टा यूके) को आइतबार २९ मे २०१६ का दिन अल्डरसटमा सम्पन्न दोस्रो वार्षिक भेलाले नयां कार्यसमिति सर्वसम्मत चयन गरेको छ । ग्राण्डमास्टर डा. एनजे गुरुङको नेतृत्वमा तेस्रो कार्यसमिति (२०१६ देखि २०१८ सम्मका लागि) सर्वसम्मत चयन गरिएको हो ।
२१ सदस्यीय तेश्रो कार्यसमितिको सहअध्यक्षहरुमा मास्टर बुद्धि गुरुङ (सनराइज गोर्खा तेक्वान्डो गिल्डफोर्ड), मास्टर थान लिम्बु (एभरेष्ट तेक्वान्डो यूके अल्डरसट) र मास्टर जयन्त थापा (हिमालयन टाइगर तेक्वान्डो बर्नटोक) छन् भने महासचिवमा मास्टर ह्यारी गुरुङ (लन्डन गोर्खा तेक्वान्डो, प्लमस्टिड) चुनिएका छन् ।
त्यसैगरि, कोषाध्यक्षमा चन्द्र (कुमार) सुनार (एभरेष्ट गोर्खा तेक्वान्डो, स्वीन्डन) र प्रवक्तामा मास्टर भिम महेन्द्र गुरुङ छानिएका छन् । भेलाले प्रमुख प्रशिक्षकमा मास्टर मनिशंकर सुनुवार (सुनुवार तेक्वान्डो एकेडेमी यूके वेम्ली) र सह प्रशिक्षकमा मास्टर इष्ट गुरुङ (वे तेक्वान्डो एकेडेमी, आसफोर्ड) छनोट गरेको छ ।
भेलाले सदस्यहरुमा सुक गुरुङ, ध्रुव दत्त, सुशील घले, आशिम थापा, किस्मा गुरुङ, सन्दिप घले, नितेश गुरुङ, तिलक पुन, भेषराज गुरुङ, शिशिर घले, नरेन लिम्बु, प्रवीन सुनुवारलाई चुनेको छ । त्यसैगरि, सल्लाहकारहरुमा मास्टर शिव लिम्बु, मास्टर नवराज घले, जीवन सेन र मणि चन्द्र राईलाई दुई वर्षे कार्यकालका लागि चयन गरिएको महासचिव ह्यारी गुरुङले जानकारी दिए ।
संस्थाको स्थापना सन् २०१२, २ जनवरीका दिन लन्डनमा भएको हो । विशेष गरि बेलायतमा बसोबास गरिरहेका सम्पूर्ण तेक्वान्डो खेलाडीहरु अनि यस खेलप्रति विश्वास र माया गर्नेहरुको साझा संस्थाको रुपमा स्थापना भएको यो वैधानिक एक मात्र संस्था र नेपालको राष्ट्रिय तेक्वान्डो संघबाट पनि मान्यता पाएको एक मात्र संस्था भएको जनाइएको छ । देश विदेशमा रहेका नेपाली तेक्वान्डो खेलाडीहरुलाई ओलम्पिक खेलमा कसरी पदकहरु जिताउन सकिन्छ भनि विशेष सहयोग दिलाउने सोच र भावना संस्थाको प्रमुख उद्देश्यमा छ । त्यसै अनुरुप यस संस्थाले बेलायतका लागि पनि नेपाल तेक्वान्डो संघसंग सहकार्य गरि अगाडि बढि रहेको छ ।
एन्टा यूकेभित्र अहिले आठ वटा छुट्टाछुट्टै तेक्वान्डो क्लव आवद्ध भई बेलायतका विभिन्न स्थानमा प्रशिक्षण दिइरहेका छन् ।
भेलाले गत महिना संस्थाका अध्यक्ष ग्राण्ड मास्टर डा. एनजे गुरुङ एनआरएनए आइसीसीबाट प्रथम एनआरएनए युरोप खेलकुद संयोजक जस्तो गरिमामय पदमा मनोनित भएकामा बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।
भेलाले आगामी दिनमा एन्टा यूकेमार्फत सम्पूर्ण खेलकुद प्रेमीहरुलाई एकै ठाउंमा ल्याई वृहत्तर छलफलका लागि तयारी गर्ने निर्णय गरेको छ । साथै मास्टर राष्ट्र राई एनआरएनए बेलायतको खेलकुद संयोजकमा मनोनित भएकामा बैठकले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा