लन्डन । अन्तर्राष्ट्रिय नेपाली तेक्वान्डो संघ, बेलायत (एन्टा यूके) को आइतबार २९ मे २०१६ का दिन अल्डरसटमा सम्पन्न दोस्रो वार्षिक भेलाले नयां कार्यसमिति सर्वसम्मत चयन गरेको छ । ग्राण्डमास्टर डा. एनजे गुरुङको नेतृत्वमा तेस्रो कार्यसमिति (२०१६ देखि २०१८ सम्मका लागि) सर्वसम्मत चयन गरिएको हो ।
२१ सदस्यीय तेश्रो कार्यसमितिको सहअध्यक्षहरुमा मास्टर बुद्धि गुरुङ (सनराइज गोर्खा तेक्वान्डो गिल्डफोर्ड), मास्टर थान लिम्बु (एभरेष्ट तेक्वान्डो यूके अल्डरसट) र मास्टर जयन्त थापा (हिमालयन टाइगर तेक्वान्डो बर्नटोक) छन् भने महासचिवमा मास्टर ह्यारी गुरुङ (लन्डन गोर्खा तेक्वान्डो, प्लमस्टिड) चुनिएका छन् ।
त्यसैगरि, कोषाध्यक्षमा चन्द्र (कुमार) सुनार (एभरेष्ट गोर्खा तेक्वान्डो, स्वीन्डन) र प्रवक्तामा मास्टर भिम महेन्द्र गुरुङ छानिएका छन् । भेलाले प्रमुख प्रशिक्षकमा मास्टर मनिशंकर सुनुवार (सुनुवार तेक्वान्डो एकेडेमी यूके वेम्ली) र सह प्रशिक्षकमा मास्टर इष्ट गुरुङ (वे तेक्वान्डो एकेडेमी, आसफोर्ड) छनोट गरेको छ ।
भेलाले सदस्यहरुमा सुक गुरुङ, ध्रुव दत्त, सुशील घले, आशिम थापा, किस्मा गुरुङ, सन्दिप घले, नितेश गुरुङ, तिलक पुन, भेषराज गुरुङ, शिशिर घले, नरेन लिम्बु, प्रवीन सुनुवारलाई चुनेको छ । त्यसैगरि, सल्लाहकारहरुमा मास्टर शिव लिम्बु, मास्टर नवराज घले, जीवन सेन र मणि चन्द्र राईलाई दुई वर्षे कार्यकालका लागि चयन गरिएको महासचिव ह्यारी गुरुङले जानकारी दिए ।
संस्थाको स्थापना सन् २०१२, २ जनवरीका दिन लन्डनमा भएको हो । विशेष गरि बेलायतमा बसोबास गरिरहेका सम्पूर्ण तेक्वान्डो खेलाडीहरु अनि यस खेलप्रति विश्वास र माया गर्नेहरुको साझा संस्थाको रुपमा स्थापना भएको यो वैधानिक एक मात्र संस्था र नेपालको राष्ट्रिय तेक्वान्डो संघबाट पनि मान्यता पाएको एक मात्र संस्था भएको जनाइएको छ । देश विदेशमा रहेका नेपाली तेक्वान्डो खेलाडीहरुलाई ओलम्पिक खेलमा कसरी पदकहरु जिताउन सकिन्छ भनि विशेष सहयोग दिलाउने सोच र भावना संस्थाको प्रमुख उद्देश्यमा छ । त्यसै अनुरुप यस संस्थाले बेलायतका लागि पनि नेपाल तेक्वान्डो संघसंग सहकार्य गरि अगाडि बढि रहेको छ ।
एन्टा यूकेभित्र अहिले आठ वटा छुट्टाछुट्टै तेक्वान्डो क्लव आवद्ध भई बेलायतका विभिन्न स्थानमा प्रशिक्षण दिइरहेका छन् ।
भेलाले गत महिना संस्थाका अध्यक्ष ग्राण्ड मास्टर डा. एनजे गुरुङ एनआरएनए आइसीसीबाट प्रथम एनआरएनए युरोप खेलकुद संयोजक जस्तो गरिमामय पदमा मनोनित भएकामा बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।
भेलाले आगामी दिनमा एन्टा यूकेमार्फत सम्पूर्ण खेलकुद प्रेमीहरुलाई एकै ठाउंमा ल्याई वृहत्तर छलफलका लागि तयारी गर्ने निर्णय गरेको छ । साथै मास्टर राष्ट्र राई एनआरएनए बेलायतको खेलकुद संयोजकमा मनोनित भएकामा बैठकले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई