
लन्डन । दश हजार रन ल्याउने कप्तान एलेस्टर कुक पहिलो इंग्लिस बल्लेबाज बनेका छन् । इंग्ल्याण्ड टुरमा रहेको श्रीलंकासंगको दोश्रो टेस्ट म्याचको दोस्रो पारीमा एलेस्टर कुक दश हजार रन ल्याउने १२ औं खेलाडी बने ।
उनले सचिन तेन्दुलकरको रेकर्ड तोड्दै सबै भन्दा कान्छो उमेरमै दश हजार रन ल्याउने खेलाडीको लिस्टमा नाम दर्ता गराए । उनले सचिन तेन्दुलकर भन्दा १६९ दिन कान्छो उमेरमै उक्त सफलता पार गरेका हुन् ।
चेस्टर लि स्ट्रिटमा भएको दोश्रो टेस्टमा इंग्ल्याण्डले
श्रीलंकालाई ९ विकेटले हराउंदै सिरिज २, ० ले अग्रता गरेको छ । पहिलो इनिंगमा ४९८ रनको बिशाल स्कोर खडा गरेको इंग्ल्याण्डले प्रतिउत्तरमा आएको श्रीलंकालाई १०१ रनमै समेट्यो ।
फलो अनमा परेको श्रीलंकाले दोश्रो इनिंगमा ४७५ रन ल्याएको थियो । श्रीलंकाका लागि चंदिमलले १२६ रनको परि खेलेका थिए । कुल स्कोरमा ७९ रनले अग्रता लिएको श्रीलंकालाई इंग्ल्याण्डले १ विकेट गुमाएर उक्त लक्ष्य हासिल गर्यो ।
इंग्ल्याण्डले २, ० को अग्रतासंगै एक खेल आगाडी नै सेरिजमाथि कब्जा जमायो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश