
एलडिसी वाचका अन्तर्राष्ट्रिय संयोजक गौरी प्रधान संयुक्त राष्ट्रसंघका उपमहासचिव ज्ञानचन्द्र आचार्यलाई घोषणापत्र हस्तान्तरण गर्दै
लन्डन । अति कम विकसित ४८ मुलुकका नागरिक समाजका प्रतिनिधिहरुले धनी मुलुक तथा अन्तर्राष्ट्रिय विकास एजेन्सीहरुलाई गरिब मुलुकको विकासमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।
टर्कीको अन्तल्यमा शनिबार सम्पन्न दुई दिने अन्तर्राष्ट्रिय बैठकले १९ बुंदे घोषणापत्र जारी गर्दै उक्त आग्रह गरेको हो ।
बैठकले आन्तरिक द्वन्द्व, प्राकृतिक विपत्ति, आर्थिक संकट आदिले राजनीतिक संक्रमण झेलिरहेका अति कम विकसित मुलुकहरुको शान्ति, समृद्धि र समानतामुलक समाज निर्माणका लागि विशेष ध्यान दिन आग्रह गरेको छ ।
काठमाडौंमा मुख्यालय रहेको एलडिसी वाचले आयोजना गरेको उक्त बैठकमा दर्जनौं गैर सरकारी संस्थाका सयौं प्रतिनिधिले भाग लिएका थिए । बैठकमा नेपाल, बंगलादेश, बेनिन, क्याम्बोडिया, किरिबाटी, सेनेगल तथा टोगो लगायत दक्षिणी तथा पूर्वी अफ्रिका एवं दक्षिण एसियाली नागरिक सन्जालका प्रतिनिधिहरुको सहभागिता थियो ।
बैठकले विश्वका अति गरिब मुलुकहरुको दीगो विकासका लागि समयसीमाभित्र विशेष र परिणाममुखी निर्देशिका बमोजिम काम गर्न आग्रह गरेको छ । बैठकले स्वतन्त्र व्यापार, ऋण मिनाहा, लैंगिक न्याय र महिला अधिकार आदिमा समेत जोड दिएको छ ।
एलडिसी वाचका अन्तर्राष्ट्रिय संयोजक गौरी प्रधानले सम्मेलन समापनपछि संयुक्त राष्ट्रसंघका उपमहासचिव ज्ञानचन्द्र आचार्यलाई जारी घोषणापत्र हस्तान्तरण गरेका थिए । प्रधानले बैठकको घोषणापत्र बमोजिम यसमा भएका प्रगतिबारे नियमित अनुगमन गरिने समेत जनाए ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
३० डिसेम्बरमा बीसीसी यूकेले तमु ल्होछार मनाउने, उपस्थित हुन बेलायतवासी नेपालीलाई आग्रह