लन्डन । सन् १९६० मा स्थापित युरोपकै सबैभन्दा पुरानो नेपाली संस्था यती नेपाली एसोसिएसन यूकेले महिला अध्यक्ष पाएको छ । शनिवार लन्डनमा सम्पन्न यतीको साधारणसभाले समाजसेवी महिला पिपला देवानलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त राजकुमार त्रिपाठीका अनुसार वरिष्ठ उपाध्यक्षमा शशीधर नेपाल, महासचविमा वाचस्पति रेग्मी, सहमहासचिवमा राजेन्द्र सुवेदी, कोषाध्यक्षमा जीवन सेन, प्रकाशन सचिव एभरेष्ट गौतम, सामाजिक सचिव देव गुरुङ, खेलकुद सचिव लव लामिछाने शर्मा र सांस्कृतिक सचिवमा मनोज अन्जान चुनिएका छन् ।
त्यसैगरि, सदस्यहरुमा निला श्रेष्ठ, टिना थापा, डम्बर सिंह, तिलकबहादुर गुरुङ लगायत छन् ।
उपाध्यक्षमा ठाकुर शर्मा र डा. मिन रानाभाटले उम्मेदवारी दिएपछि त्यसको चाहिं छिनोफानो हुन सकेन । त्यसैदिन चुनाव गर्न सम्भव नभएपछि डा. राघवप्रसाद धिताल, ध्रुव केसी, उमेश मोक्तान, विजय थापा, मदन थापा, हरि केसी र वसन्त रायक्षेत्री सम्मिलित एक मण्डलले एक महिनाभित्र विधान संशोधन गरेर दुवैलाई उपाध्यक्ष बनाउने वा निर्वाचन गराउने भन्नेबारे राय सुझाव पेश गर्ने जनाइएको छ ।

एसोसिएसन अध्यक्ष उमेशराज मोक्तानको अध्यक्षतामा भएको
साधारणसभामा प्रमुख अतिथी कांग्रेस केन्द्रिय सदस्य, पूर्व मन्त्री
एवं वर्तमान सभासद डिना उपाध्याय, यतीका प्रमुख संरक्षक डा.
राघवप्रसाद धिताल (ओबीइ) लगायतले शुभकामना दिएका थिए ।
सभासद उपाध्यायले देशको राजनीतिक घट्नाक्रमबारे बोल्दै मधेशी लगायतका समस्या अन्त्यका लागि वार्ता नै उपयुक्त माध्यम भएको बताइन् ।
साधारणसभामा महासचिव शशीधर नेपालले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कोमल मल्लले आय व्यय विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बेलायतस्थित पाका समाजसेवीहरुको बाहुल्यता थियो ।
तस्विरः एभरेष्ट गौतम
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते