
लन्डन । नेपाली चलचित्र ‘जंगे’ लन्डन र अल्डरसटमा प्रदर्शन गरिने भएको छ । गैंडा इन्टरटेनमेन्ट यूकेले फिल्म शो गर्न लागेको हो ।
उक्त फिल्म यही २८ मे शनिवार सांझ लन्डन ह्यारो र ५ जुन दिउसो अल्डरसटमा प्रदर्शन गर्न लागिएको आयोजकले जनाएका छन् ।
उत्कल थापाले निर्देशन गरेको उक्त फिल्म राजनीतिक घट्नाक्रममा आधारित छ । जंगे नेपाली इतिहासका महान पात्र जंगबहादुर कुंवर राणाको जीवन कथालाई आधार मानी निर्माण गरिएको सिनेमा हो । फिल्म निर्माण पक्षको भनाइमा ‘जंगे’ ऐतिहासिक घटनाहरूलाई पृष्ठभूमि बनाएर तयार गरिएको थ्रीलर फिल्म हो जसबाट हिजोको राजनैतिक अवस्थालाई वर्तमानमा दृष्टिगोचर गर्ने प्रयास गरिएको छ ।
जंगे साहस, दृढता र महात्वाकांक्षाको कथा भएको जनाउंदै आयोजकले फिल्म हेरेर मनोरन्जन अनि राजनीतिक ज्ञान लिन आग्रह गरेका छन् । उक्त फिल्ममा सुरजसिंह ठकुरी, दीपसिखा शाही, रिचा शर्मा, अनुप बराल, सुशीलराज पाण्डे लगायतको अभिनय छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते