स्कटल्याण्ड । गत आइतबार स्कटल्याण्डमा चर्चित नेपाली चलचित्र ड्रिम्सको सफल प्रदर्शन भएको छ । स्कटल्याण्डमा क्रियाशील नेपाली संस्था अर्गनाइजेसन फर नेपलिज कल्चर एण्ड वेलफेयर (ओएनसीडब्लू) र सपन इन्टरटेन्मेन्ट लि. को आयोजनामा एबर्डिन शहरमा भएको उक्त कार्यक्रममा एडिनबरा, ग्लास्गो शहरबाट समेत दर्शकहरुको उल्लेख्य सहभागिता थियो ।
सो अवसरमा सदाबहार नायक तथा ड्रिम्सका निर्माता निर्देशक भुवन केसी, नायक अनमोल केसी, सपन इन्टरटेन्मेन्टका सपन राईलाई स्कटल्याण्डका नेपालीहरुको तर्फबाट सम्मान गरिएको थियो । सोही अवसरमा ओएनसीडब्लूले नेपालमा गत वर्ष भूकम्पपछि प्रभावित क्षेत्रमा गएर तयार पारेको अंग्रेजी भाषाको डकुमेन्ट्री ७.८ को टिजर प्रदर्शन गरिएको थियो भने डकुमेन्ट्रीको लेखनमा योगदान दिएका नवीन क्षेत्री (अक्सफोर्ड युनिभर्सिटी) लाई संस्थाले सम्मान गरेको थियो ।
उक्त अवसरमा स्कटल्याण्डका बसोबास गर्ने नेपालीहरुको नेपाली चलचित्र प्रतिको लगाव र आत्मियताले आफू निकै प्रभावित भएको अभिनेता एवं फिल्मका निर्देशक भुवन केसीले बताए । यस्तै नायक अनमोल केसीले स्कटल्याण्ड भ्रमण निकै अविष्मरणीय भएको बताए । संस्थाका अध्यक्ष दिपेश रेग्मीले नेपाली समुदायमा केन्द्रित रहेर धेरै कार्यक्रम गर्न संस्था निकै सफल रहेकोमा सबैलाई धन्यवाद दिए ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?