लन्डन । आगामी २१ अगष्ट अल्डरसटमा हुन गइरहेको पांचौं मिस यूके नेपाल २०१६ का प्रतिष्पर्धीलाई नायिका प्रियंका कार्कीले प्रशिक्षण दिने भएकी छिन् । मिस यूके नेपाल आयोजना गर्ने इभेन्ट्स एण्ड आइडियाजकी निर्देशक शान्ति गुरुङले प्रियंका अगष्ट पहिलो साता बेलायत आउने जानकारी दिइन् ।
यस वर्ष मिस यूके नेपालमा ९ जना सुन्दरीले प्रतिष्पर्धा गर्ने भएका छन् । दुई पटक भएको अडिसनबाट ति छनोट भएका हुन् । प्रतिष्पर्धीहरुमा अलिसा गौचन, सुसन राई, टेनिसा राना, आरती गुरुङ, प्रशंसा लिम्बु, मनिषा आचार्य, विभिया श्रेष्ठ, कल्पना निउरे र मलिसा गुरुङ छन् ।
अल्डरसटको एम्पायर ब्यांक्यूटिङ हलमा हुने फिनालेमा सहभागिताका लागि बेलायतवासी समस्त नेपालीमा आग्रह गर्दै निर्देशक शान्ति गुरुङले त्यस कार्यक्रम प्रायोजन गरिदिन व्यापारिक संस्थाहरुलाई अनुरोध समेत गरेकी छिन् ।
सन् २०१० देखि शुरु मिस यूके नेपाल प्रतियोगिताले क्रमशः नवीना गुरुङ, गौमाया गुरुङ, दुर्गा गुरुङ र निया देवानलाई मिस यूके नेपालको उपाधि दिलाइसकेको छ ।
तर, प्रतिष्पर्धी अभावका कारण सन् २०१३ र २०१५ मा प्रतियोगिता स्थगित गर्नुपरेको थियो ।
यसैबीच, पहिलो पटक यस वर्ष गर्न लागिएको मिसेस यूके नेपाल भने नहुने भएको छ । पर्याप्त सहभागी अभावले उक्त प्रतियोगिता नगर्ने निर्णय भएको शान्तिले जनाइन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते