लन्डन । दक्षिण पूर्वी नेपालमा हात्तीको बासस्थान सम्वन्धि अनुसन्धान गर्ने एक नेपालीले बेलायती अवार्ड पाएका छन् ।
काठमान्डूस्थित हेल्थ एण्ड इन्भाइरोमेन्टल म्यानेजमेन्ट सोसाइटी (हेम्स्) का अनुसन्धान अधिकृत रोशन कुमार ठाकुरले ‘दि सेन्टिफिक एक्सप्लोरेसन सोसाइटी इन्सपिरेसनल एक्सप्लोरर अवार्ड २०१६’ पाएका हुन् । सोमबार सांझ लन्डनमा आयोजित विशेष समारोहमा विजेता उपस्थित नभएपछि उक्त संस्थाका उपाध्यक्ष एवं एनआरएनए जर्मनीका युथ कोअर्डिनेटर डा. जयकृष्ण ठाकुरले अवार्ड ग्रहण गरे । सोसाइटीका संस्थापक तथा मानार्थ अध्यक्ष जोन ब्लासफोर्ड स्नेलले ठाकुरको अनुसन्धानबारे जानकारी दिंदै अवार्ड प्रदान गरेका थिए ।
ठाकुरले करिब ५ वर्ष यता जंगली हात्तीको सिजन अनुसार फरक फरक बासस्थान हुने र बास फेर्ने क्रममा सर्वसाधारणले जिस्क्याउने, पिट्ने गर्दा हात्ती हिंश्रक भइ जनधनको क्षति समेत पुर्याउने सम्वन्धमा अनुसन्धान गरिरहेका छन् । जंगली हात्ती विशेष गरि नदी किनारमा बस्न रुचाउने भएपनि बढ्दो मानव वस्तीका कारण हात्तीको बासस्थान असुरक्षित बन्दै गएको ठाकुरको अनुसन्धानमा छ । सोसाइटीले ठाकुरको अनुसन्धानलाई ६ हजार पाउण्ड समेत प्रदान गरेको थियो ।

‘दि सेन्टिफिक एक्सप्लोरेसन सोसाइटी एक्सप्लोरर अवार्डस् २०१६’ बाट अन्य अन्वेषणकर्ताहरु समेत सम्मानित भएका छन् । सोसाइटी अध्यक्ष एन्ड्रियू मिसेलले अन्वेषणकर्ताहरुलाई प्रेरित गर्न अवार्ड वितरण गरिएको जानकारी दिए । अवार्ड कार्यक्रममा सहभागी एनआरएनए युरोप संयोजक कुल आचार्यले यस्ता अवार्डबाट अनुसन्धानकर्तालाई थप प्रेरणा मिल्ने र एनआरएनएले पनि युवाहरुको वृत्ति विकासमा ध्यान दिइरहेको बताए ।
सन् १९६९ मा स्थापित सोसाइटी यूके च्यारिटीमा दर्ता छ ।
तस्विरः शिव भण्डारी
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते