लन्डन । भूपू ब्रिटिश गोर्खाकी सुपुत्री जिनिता पन्धक बेलायतको क्वालिफाइड सोलिसिटर भएकी छिन् । २८ अप्रिल २०१६ मा क्वालिफाइड भएकी उनी सम्भवतः बेलायतमा दोश्रो नेपाली महिला सोलिसिटर हुन् । यसअघि सुदिना गुरुङ पहिलो नेपाली महिला सोलिसिटर भएपनि उनी हाल हङकङमा कार्यरत छिन् ।
अकुपेशनल डिजिज सोलिसिटर जिनिताको कार्यक्षेत्र कन्सट्रक्शन, इन्जिनियरिङ वर्कर्स र कम्पनीहरु सम्वन्धित छ । उनको सोलिसिटर्स रेगुलेसन अथोरिटी (एसआरए) नम्बर ५८४३३८ हो ।
बाबु मेजर रिटायर्ड भुवानी पन्धक र आमा बिमला पन्धककी सुपुत्री जिनिता ताप्लेजुङबाट बेलायत आएकी हुन् । सन् २००० यता उनी बेलायतमै छिन् । बीपीपी ल स्कुल, लन्डनबाट लिगल प्राक्टिस कोर्स गरेकी उनी सन् २०१२ देखि वीक्सटेड एण्ड कम्पनी सोलिसिटरमा कार्यरत छन् ।
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित