लन्डन । बीबीसी नेपाली सेबाका पूर्ब प्रमुख खगेन्द्र नेपालीलाई स्पेनमा बिशेष सम्मान गरिने भएको छ । सन् १९७९ देखि झन्डै २७ बर्ष बीबीसी नेपाली सेबामा काम गरेर अबकास लिएका नेपालीलाई बिशेष सम्मान गर्न लागिएको हो । युरोपको एक अनलाइन न्यूज पोर्टल नेपालीनेपाली डटकमले दोश्रो वार्षिकोत्सव समारोहको अबसरमा नेपालीलाई सम्मान गर्न लागेको हो ।
२७ वर्ष लन्डनस्थित बीबीसी नेपाली सेवामा बिताएर अवकास लिनुअघि दश वर्ष उक्त सेवाको प्रमुख रहेका नेपाली पछिल्लो समय नेपाली साहित्यको अडियो बूक उत्पादनमा सक्रिय छन् । उनले नेपालको इतिहासमै पहिलो पटक अडियो बुक ल्याएका थिए ।
उनले सन् २००६ नोभेम्बरमा विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्तलाई पहिलोपटक अडियो बुकमा ल्याएका थिए ।
त्यसपछि नेपालीले डायमनशमशेर राणाको सेतो बाघ, रमेश विकलको अविरल बग्दछ इन्द्रावती, योगी आनन्द अरुणको सन्त गाथा र लक्ष्मीप्रसाद देवकोटाका उत्कृष्ट कविताहरुको अडियो बुक, झमक घिमिरेको आत्मजीवनीपरक निवन्ध जीवन कांडा कि फूल लाई अडियो बुकको रुपमा ल्याइसकेका छन् ।
छनोट समितिका संयोजक तथा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य एकराज गिरीले पत्रकारिता क्षेत्रमा लामो समय बिताएका खगेन्द्र नेपालीलाई स्पेनबासी नेपाली माझ सम्मान गर्न पाउनु गर्बको बिषय भएको बताए ।
नेपालीनेपाली डटकमका प्रधानसम्पादक बसन्त रानाभाटले नेपालीले पत्रकारितामा सफल कार्यकालपछि नेपाली साहित्य तथा संस्कृतिलाई नयां माध्यमबाट उचाईंमा पुर्याउँने व्यक्तित्वलाई सम्मान गर्दा युरोपबाट कलम चलाउने सबै पत्रकारलाई प्रोत्साहन मिल्ने बताए ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई