
लन्डन । करिब महिना दिनको सांगीतिक प्रस्तुति लिएर लोकगायिका ज्योति मगर आगामी १ जुनमा लन्डन आउने भएकी छिन् । ज्योतिको साथमा भद्रगोल सिरियलका बले र कक्रोज पनि आउने आयोजक सपन इन्टरटेनमेन्टले जनाएको छ ।
सपन इन्टरटेनमेन्ट लि. यूकेका प्रवन्धक सपनकुमार राईका अनुसार, ‘बबाल धमाका’ नाम दिइएको उनीहरुको पहिलो शो आगामी ४ जुनमा एम्पायर हल अल्डरसट, ११ जुनमा हकिङ कम्युनिटी सेन्टर फोकस्टोन र १९ जुनमा एजियन कम्युनिटी सेन्टर, प्लमस्टिडमा हुने तय भइसकेको छ भने बांकी शहरमा पनि कार्यक्रम बन्दैछ । राईले कार्यक्रममा सहभागिताका लागि बेलायतवासी नेपाली सबैमा आग्रह गरेका छन् ।
यसअघि पटक पटक भिजा रिफ्यूज भएर यूके आउन नपाएकी ज्योतिलाई पहिलो यूके ट्रिप विशेष हुनेछ ।
सपन इन्टरटेनमेन्ट लि. यूकेले यतिखेर भुवन केसी निर्देशित पहिलो फिल्म ड्रिम्स् प्रदर्शन गरिरहेको छ । भुवन र उनका सुपुत्र हिरो अनमोल केसीका साथ उक्त फिल्म बेलायतको अल्डरसट, उलवीच, ह्यारो र ग्रान्थाममा सफल प्रदर्शन भइसकेको छ भने मेडस्टोन र एवरडिनमा हुने क्रममा छ ।
मनोरन्जनात्मक कार्यक्रमका लागि सपन इन्टरटेनमेन्टको आफ्नै चिनारी छ । उक्त कम्पनीले झण्डै अढाइ दशक यता सयौं कलाकारलाई यूके झिकाइसकेको छ ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?