
लन्डन । करिब महिना दिनको सांगीतिक प्रस्तुति लिएर लोकगायिका ज्योति मगर आगामी १ जुनमा लन्डन आउने भएकी छिन् । ज्योतिको साथमा भद्रगोल सिरियलका बले र कक्रोज पनि आउने आयोजक सपन इन्टरटेनमेन्टले जनाएको छ ।
सपन इन्टरटेनमेन्ट लि. यूकेका प्रवन्धक सपनकुमार राईका अनुसार, ‘बबाल धमाका’ नाम दिइएको उनीहरुको पहिलो शो आगामी ४ जुनमा एम्पायर हल अल्डरसट, ११ जुनमा हकिङ कम्युनिटी सेन्टर फोकस्टोन र १९ जुनमा एजियन कम्युनिटी सेन्टर, प्लमस्टिडमा हुने तय भइसकेको छ भने बांकी शहरमा पनि कार्यक्रम बन्दैछ । राईले कार्यक्रममा सहभागिताका लागि बेलायतवासी नेपाली सबैमा आग्रह गरेका छन् ।
यसअघि पटक पटक भिजा रिफ्यूज भएर यूके आउन नपाएकी ज्योतिलाई पहिलो यूके ट्रिप विशेष हुनेछ ।
सपन इन्टरटेनमेन्ट लि. यूकेले यतिखेर भुवन केसी निर्देशित पहिलो फिल्म ड्रिम्स् प्रदर्शन गरिरहेको छ । भुवन र उनका सुपुत्र हिरो अनमोल केसीका साथ उक्त फिल्म बेलायतको अल्डरसट, उलवीच, ह्यारो र ग्रान्थाममा सफल प्रदर्शन भइसकेको छ भने मेडस्टोन र एवरडिनमा हुने क्रममा छ ।
मनोरन्जनात्मक कार्यक्रमका लागि सपन इन्टरटेनमेन्टको आफ्नै चिनारी छ । उक्त कम्पनीले झण्डै अढाइ दशक यता सयौं कलाकारलाई यूके झिकाइसकेको छ ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई