
लन्डन । ग्रयाण्ड मास्टर एनजे गुरुङले ‘नकल पुस अप्स्’ मा गिनिज वर्ल्ड रेकर्ड राख्न आवेदन दिएका छन् । एनआरएनए आइसीसी युरोप स्पोर्टस् टाक्स फोर्स कोअर्डिनेटर गुरुङले ‘मोस्ट नकल पुस अप्स् इन वान मिनेट’ क्याटेगोरिजका लागि आवेदन दिएका हुन् ।
गत १४ मेमा लन्डन नर्थहोल्ट पार्क सोसियल क्लवमा सार्वजनिक रुपमा उनले एक मिनेटमा ८५ पटक पुस अप्स् गरे । सम्वन्धित क्षेत्रका विज्ञ, प्रशिक्षक, रेफ्री, निर्णायक, मिडिया अनि सर्वसाधारणको रोहबारमा गरेको पुस अप्स् भिडियो प्रमाण गिनिज वर्ल्ड रेकर्डस् मा छिट्टै पठाउने जानकारी उनले वीनेपालीलाई दिए । ‘मलाई आशा छ मैले विश्व कीर्तिमान राख्नेछु’, गुरुङले भने, ‘कतिपय ठाउंमा मेरो कमी कमजोरी नभएको होइन तर, यसले मलाई भविष्यमा थप सुधार गर्न मद्दत गर्नेछ ।’
यसअघि अमेरिकी नागरिक रोन कुपरले गत वर्ष २७ जुन २०१५ मा एक मिनेटमा ७९ पटक पुस अप्स् गरेर कीर्तिमान कायम गरेका थिए ।
एनजेले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम राख्न र युवा पुस्तालाई खेलप्रति प्रेरित गराउन यस्तो प्रयासमा लागेको बताए । ५७ वर्षीय गुरुङ नोआ आर्क स्पोर्टस् साइन्स तेक्वान्दो एकेडेमी र बिल्डिङ द गड्स किङडम मिनिष्ट्रीका संस्थापक हुन् ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान