लन्डन । तमु चलचित्र ‘फ्रेसी’ को प्रिमियर शो भएको छ । अल्डरसटस्थित किङस् सेन्टर हलमा आइतबार करिब ५ सय तमु चलचित्र प्रेमीहरूको उपस्थितिमा शो भएको हो ।
शोमा प्रमुख अतिथी थिए तमु धिं यूके अध्यक्ष रामचन्द्र गुरुङ (सुर्जे) र तमु प्हे ल्हु संघ यूके अध्यक्ष सोम तोर्जे गुरुङ । सो अवसरमा प्रमुख अतिथिहरूले फ्रेसी फिल्म निर्माता मिनप्रसाद गुरुङ, श्रीमती दिलु गुरुङ र श्रीमती यशोधा गुरुङलाई खादा ओढाएर सम्मान गरेका थिए भने फ्रेसी फिल्म युनिटका तर्फ बाट प्रमुख अतिथिहरूलाई खादा र मायाको चिनो प्रदान गरिएको थियो ।
उक्त कार्यक्रमलाई पिपल मोर्गेज लिमिटेडका म्यानेजिङ डाइरेक्टर सूर्य गुरुङ ले प्रायोजन गरेका थिए । सूर्य गुरुङले सञ्चालन गरेको कार्यक्रममा निर्माता मिन प्रसाद गुरुङले स्वागत मन्तब्य दिएका थिए ।
कास्की जिल्लाको सिक्लेस गाउंमा केन्द्रित फिल्मले पर्यटन विकास र हस्तकला सिपको प्रवर्धन गर्ने उद्देश्य राखेको फिल्म निर्माण पक्षले जनाएको छ । उक्त चलचित्रमा स्थानीय कलाकारहरूको बेजोड अभिनय छ । लोटस फिल्म प्रालिको ब्यानरमा बनेको फ्रेसीमा नव नायक प्रतिक गुरुङ र धन माया गुरुङ नायिका छन् भने निर्देशन युग गुरुङले गरेका छन् ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान