लन्डन । दोश्रो विश्वयुद्धमा हजुरबुवाले देखाएको साहस र योगदानको कदर गर्दै दिने घोषणा गरिएको बेलायतको एउटा विशिष्ट पदक ‘मेम्बर अफ द अर्डर अफ द ब्रिटिश एम्पायर’ (एमबीइ) गोर्खा अफिसर नातीले ६९ वर्षपछि अहिले लिएका छन् ।
आर्मीज् गोर्खा स्टाफ एण्ड पर्सनल सपोर्ट कम्पनीका वारेन्ट अफिसर क्लास टु खडक क्षेत्रीले गोर्खा अफिसर हजुरबुवा सुवेदार मेजर कालु क्षेत्रीको मेडल ग्रहण गरेका हुन् । स्वर्गीय क्षेत्रीलाई दोश्रो विश्वयुद्धमा उनको उत्कृष्ट सेवा गरेवापत सन् १९४७ मा यो सम्मान दिने निर्णय भएको थियो । उनलाई मर्नुअघि सम्म उक्त विशिष्ट सम्मानबारे थाहै थिएन ।
गोर्खा अफिसर क्षेत्रीले बकिङहम प्यालेसमा आयोजित एक विशेष समारोहमा प्रिन्स विलियम डुक अफ क्याम्ब्रीजको बाहुलीबाट पदक ग्रहण गरेका हुन् । ४४ वर्षीया क्षेत्रीले रक्षा मन्त्रालयको मेडल अफिसमा गएर आफ्नो हजुरबुबाबारे बुझ्ने क्रममा उनलाई विशिष्ट सम्मान दिइएको चाल पाएका थिए ।
दुई सन्तान र श्रीमतिका साथ मेडल थाप्न गएका गोर्खा अफिसर क्षेत्रीले आश्चर्य व्यक्त गर्दै भने, ‘म कतै हराए जस्तो भएं । युनिटलाई यसबारे थाहा थिएन, मेरो हजुरबुवा र बाबालाई पनि केही पत्तो भएन ।’
सन् १९४२ देखि ४५ को युद्धमा करिब साढे तीन वर्ष सुवेदार क्षेत्रीलाई जापानी सेनाले चरम यातना दिएर बन्धक बनाएका थिए ।
डिफेन्स एकेडेमी श्रीभेनहाममा रहेका डब्लु ओटु क्षेत्रीले रक्षा मन्त्रालयमा भेटिएको हजुरबुवाको प्रमाण देखेर झण्डै आंसु आएको उल्लेख गर्दै भने, ‘मलाई ज्यादै दुःख लाग्यो । उहां मेरो हजुरबुवा हो, मेरो आफ्नै रगत । उहांको पीडा, कसरी बांच्नु भयो होला म कल्पना पनि गर्न सक्दिन ।’
क्षेत्रीले उक्त पदक गोर्खा संग्राहलयमा हस्तान्तरण गर्नुअघि नेपालमा परिवारलाई देखाउने बताएका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते