
लन्डन । नेपलिज ब्रिटिश कम्युनिटी (एनबीसी) यूकेले लेस्टर बस्ने अग्नी पीडित एक नेपाली परिवारलाई आर्थिक सहयोग गरेको छ । मधुसुदन आचार्यको परिवारलाई संस्थाका सदस्यहरूबाट संकलित ५५७ पाउण्डको चेक प्रदान गरिएको हो । नेपाल डाइन क्याटरिङ नर्थह्याम्टनमा एक कार्यक्रमबीच संस्थाका कोओर्डिनेटर कमलराज खनालले आचार्य परिवारलाई चेक हस्तान्तरण गरे ।
गत अप्रिल २१ गते बिहिबार आचार्यको घरमा आगलागी भई सम्पूर्ण जिन्सी सर सामान खरानी भएको खबर पहिलोपटक वीनेपालीले हालेर सहयोग याचना गरेको थियो ।
संस्थाका सचिब मिलन घिमिरेका अनुसार उक्त सहयोग हस्तान्तरण कार्यक्रम सिर्जनशील लेस्टर यूकेका अध्यक्ष पशुपति पोखरेलले समायोजन गरेका थिए । उक्त अवसरमा एनबीसी यूकेका तर्फबाट कोषाध्यक्ष राजेन्द्र ओझा तथा कार्यसमिति सदस्य ऋषि खनाल पनि सहभागी थिए ।
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
नेपालका शिक्षामन्त्रीसँग बेलायतका राजदूतको भेट, आपसी सहयोगबारे छलफल
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष