लन्डन । आयरल्याण्डले भूकम्पपछि नेपाल भ्रमणमा आफ्ना नागरिकलाई सावधानी अपनाउन यसअघि जारी गरेको सूचना हटाएको छ । आयरल्याण्डका लागि समेत कार्यवहाक राजदूत रहेका तेजबहादुर क्षेत्रीले केही साताअघि आइरिस अधिकारीहरुसंग भेटेर भ्रमणमा सावधानी अपनाउन जारी सूचना हटाइदिन आग्रह गरेका थिए । यस्तो सावधानी गरिएको सूचना हुंदा आइरिस नागरिक विगत जस्तो नेपाल भ्रमणमा उत्साहित थिएनन् ।
क्षेत्रीले विनाशकारी भूकम्पको वर्ष दिनको सम्झनामा आयरल्याण्डमा नेपाल सम्मेलन हुनु अघि यहांको विदेश मन्त्रालयका एसिया प्यासिफिक उप निर्देशक ब्रायन ओ ब्राइन र डेस्क अफिसर मारिया सिहीसंगको भेटमा भ्रमण प्रतिवन्ध खुकुलो पार्न, आयरल्याण्डको ओभरसिज डेभलपमेन्ट असिस्टेन्स (ओडिपी) को प्राथमिकता मुलुकमा राख्न, सर्वदलीय संसदीय समिति र परामर्श संयन्त्र गठन गर्न आग्रह गरेका थिए ।
लन्डनस्थित नेपाली दूतावासले विदेश मन्त्रालयका एसिया प्यासिफिक उप निर्देशक ब्रायन ओ ब्राइनलाई उधृत गर्दै शुक्रबार आइरिस सरकारबाट नेपाल भ्रमणमा लगाइएको सबै प्रतिवन्ध हटाइएको जनाएको छ । यसपछि आइरिस पर्यटक नेपाल घुम्ने क्रम वृद्धि हुने दूतावासको विश्वास छ ।
यसअघि लन्डनस्थित नेपाली दूतावास, नेपाल आयरल्याण्ड सोसाइटी, एक्सन एड र इन्जिनियर्स वीदाउट बोर्डर्स आयरल्याण्डको संयुक्त आयोजनामा ३० अप्रिल शनिबार डब्लिनमा नेपाल सम्मेलन भएको थियो । भूकम्पपछि पुनर्निर्माण, संयुक्त योजना सञ्चालन र सञ्जाल विस्तारमा केन्द्रित गरिएको उक्त सम्मेलनले नेपालको पर्यटन प्रवर्धनमा समेत सघाउने अपेक्षा गरिएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते