लन्डन । क्षेत्री समाज बेलायतले गुल्मी बडागाउं गा.बि.स १ र २ दजाकोटमा भएको भिषण आगलागीमा परि बिचल्ली भएका परिवारजनलाई आर्थिक सहयोग गरेको छ । क्षेत्री समाज बेलायतको पहल तथा सो समाजका आपतकालीन राहत कोषका संयोजक प्रतिमा के.सी.को संयोजनमा छोटो समयमा समाजका सदस्यहरुबाट संकलित रकम ६१२ पाउण्ड गुल्मी जिल्ला समाज यूके मार्फत हस्तान्तरण गरिएको हो ।
संयोजक केसीले एक समारोहबीच गुल्मी जिल्ला समाजका अध्यक्ष राम गलामीलाई रकम हस्तान्तरण गरिन् । रकम हस्तान्तरण कार्यक्रममा क्षेत्री समाजका सचिव कुमार के.सी., कार्यसमितिका सदस्य इन्द्र क्षेत्री, क्षेत्री समाज रेडिंगका सल्लाहकार अर्जुन बस्नेत तथा गुल्मी जिल्ला समाज यूकेका कार्यसमिति सदस्य राम सापकोटाको उपस्थिति थियो ।
संयोजक के.सी. ले सो अवसरमा क्षेत्री समाज बेलायतका अध्यक्ष क्या. रि. धन बहादुर कुंवर तथा महासचिव रञ्जन कुमार क्षेत्रीको सहानुभूति सन्देश समेत स्मरण गराएकी थिइन् ।
कार्यक्रममा अध्यक्ष्य राम गलामीले क्षेत्री समाजले गुल्मी जिल्ला समाजको पहलमा सहयोग सकलन भइरहेको अभियानमा सहानुभूति तथा सहयोग गरेकामा समाजलाई विशेष धन्यबाद दिए ।
शनिबार स्थानीय वेदपानी सामुदायिक वनबाट सुरु भएको आगो तिलार सामुदायिक वन हुंदै अनियन्त्रित भएर गाउंमा सल्किंदा एक जनाले ज्यान गुमाए भने ९२ वटा घरहरु जलेर नस्ट भएका छन् । आगलागीले करोडौंको अन्नपात, धनमाल तथा चौपायाहरू जलेर खरानी भएका छन् ।
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम