लन्डन । सन् २०१२ मा मिस नेपाल भएपछि त्यसयता यूके फर्किनन् सृष्टि श्रेष्ठ । कारण उनलाई स्वदेशमै केही गर्ने सोच थियो । मोडलिङ, म्यूजिक भिडियो, सिनेमा अनि समाजसेवाले व्यस्त सृष्टि पछिल्लो समय रंगमञ्चमा पनि झुल्किइन् ।
अहिले पूर्व मिस नेपाल सृष्टि सिनेमा र रंगमञ्चमा एकसाथ रमाइरहेकी छिन् । यी सुपर मोडल अभिनित विलियम सेक्सपियरको ‘ह्याम्लेट’ लाजिम्पाटस्थित थिएटर भिलेजमा मञ्चन भइरहेको छ ।
बेलायत नेपाल कुटनीतिक सम्वन्धको दुई सय वर्षका अवसरमा बेलायती र नेपाली नाट्यकर्मीले मञ्चन व्यवस्था मिलाएका हुन् । ह्याम्लेटलाई नेपाली भाषामा ग्रेगरी थम्सन र विमल सुवेदीले संयुक्त रूपमा निर्देशन गरेका हुन् ।
यही नाटक बेलायतमा समेत मञ्चन हुंदैछ आगामी मे २७ र २८ मा । ब्रिटिश काउन्सिलको सहयोगमा साउथ बैंक सेन्टरले नाटक मञ्चन गर्न लागेको हो । रोयल फेस्टिबल हलमा नाटक देखाइंदैछ ।
यिनै सुन्दरी बेलायत आउने भएकी छिन् आफ्नो पहिलो फिल्म ‘गाजलु’ को प्रिमियर शोका लागि समेत । २९ मेका दिन इम्पायर ब्याङक्यूटिङ हल अल्डरसटमा ‘गाजलु’ को वर्ल्ड प्रिमियर हुंदैछ । इन्टेक १९८५ नामक संस्थाले १० र १ बजे गरि दुई प्रिमियर शो गर्न लागेको हो । हेमराज बिसी निर्देशित उक्त फिल्ममा सृष्टि, अनमोल केसी, गौरब पहारी, सलोन बस्नेत, मेनुका प्रधान, गौरी मल्ल, कृष्ण मल्ल, विश्व बस्नेत, ऋतिक शाही, आदिले अभिनय गरेका छन् । श्रृष्टिको पहिलो फिल्म भएकाले पनि उनी यसबाट बढि आशावादी छन् । फिल्मको निर्माण रोहित अधिकारी र हेमराज बिसीले गरेका हुन् ।
श्रृष्टिका बाबु आमा बेलायतका स्थायी बासिन्दा हुन् । ‘मिस नेपाल हुन गएकी छोरी नायिकाको रुपमा फेरि आउंदा हामी परिवारलाई त गौरव लाग्छ नि’, फालमाउथबाट उनका बुबा इश्वर श्रेष्ठले भने । श्रृष्टि मिस वर्ल्डमा टप २० सम्म पुग्न सफल भएकी थिइन् ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई