काठमाडौं । वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । पहिलो राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको १ सय १६ औं वार्षिक उत्सवका अवसरमा उनलाई ५५ हजार ५ सय ५५ रुपैयां राशीको पुरस्कार दिइएको हो ।
राष्ट्रपति विद्या भण्डारीले अधिकारीलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरेकी थिइन् ।
२०७२ फागुन १७ गते बसेको मन्त्रिपरिषद बैठकले गोरखापत्रको प्रकाशन सुरु भएको दिन पारेर बैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरेको थियो । गोरखापत्र वि.सं. १९५८ साल वैशाख २४ गते साप्ताहिक रुपमा प्रकाशन सुरु भएको थियो।
गोरखापत्रले वार्षिक उत्सवका अवसरमा नेपाली भाषा, साहित्य र पत्रकारितामा उल्लेखनीय योगदान दिने साहित्यकार कमलमणि दीक्षित र सञ्चारविज्ञ लालदेउसा राईलाई पनि सम्मान गरेको छ ।
दीक्षित सात दशकदेखि नेपाली भाषा, साहित्य र पत्रकारिता क्षेत्रमा योगदान दिएका र राईले ५ दशकदेखि नेपाली पत्रकारिता शिक्षाको विकासमा योगदान दिएको गोरखापत्रले जनाएको छ । उनीहरुलाई राष्ट्रपति विद्या भण्डारीले सम्मानपत्र प्रदान गरिन् ।
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप