
लन्डन । भूपू गोर्खा मेजर (रि) चित्र राना काउन्सिलरमा निर्वाचित भएका छन् । गत ५ मेमा सम्पन्न स्थानीय निर्वाचनमा उनी सत्तारुढ कन्जरभेटिभ पार्टीका तर्फबाट वकिङ बरोको गोल्डस्वर्थ पार्क काउन्सिलरमा विजयी भएका हुन् ।
स्थानीय सरकारकै निर्देशनमा आफ्नो क्षेत्रको सुरक्षा, स्वास्थ्य, शिक्षा र विकास पहिलो प्राथमिकतामा राख्ने उनले जनाए । उनको वडामा ७ हजार ३६ मतदाता रजिष्टर्ड छन् । ७५ हजार जनसंख्या रहेको वकिङ बरोबाट कुल १०२ जना उम्मेदवारमध्ये ३० जना काउन्सिलर छानिएका छन् ।
सिमांकनले ६ वटा काउन्सिलर घटाउंदा गत वर्षमात्र जितेका रानाले यो वर्ष पनि प्रतिष्पर्धा गर्नुपरेको हो । गोर्खा रेजिमेन्टमा ३१ र ब्रिटिश रेजिमेन्टमा १३ वर्ष नोकरी गरेका राना अवकास पछि राजनीतिमा आएका हुन् । स्याङ्जामा जन्मिएका रानाको स्थायी बसोवास पोखरामा छ ।
केन्द्रिय राजनीतिमा हालसम्म प्रवेश नभएपनि स्थानीय राजनीतिमा नेपालीको संलग्नता पछिल्ला वर्ष बढ्दै गएको छ ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई