लन्डन । प्रविधिको सदुपयोग गर्दै नयां शक्तिका संयोजक डा. बाबुराम भट्टराईले यूकेका नेपालीसंग नेपालबाटै अन्तरक्रिया गरेका छन् । अन्तर्राष्ट्रिय नेपाली समाज यूकेको आयोजनामा गत मे ८ तारिख आइतबार अल्डरसटमा भएको कार्यक्रममा डा. भट्टराईले नेपालको समसामयिक राजनीतिक विषयवस्तु र नयां शक्तिबारे अन्तरसंवाद गरेका हुन् ।
उक्त कार्यक्रमका प्रमुख अतिथी थिए नयां शक्ति सचिवालय सदस्य बिरेन्द्र पोखरेल ।
कार्यक्रममा अन्तरिम केन्द्रिय परिषद सदस्य, युरोप तथा युके संयोजक भोला खनाल, केन्द्रिय परिषद सदस्य डा. सुनिल शाह लगायत बेलायतका विभिन्न ठाउंबाट आएका नयांशक्ति अभियन्ताहरुको उपस्थिति थियो ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष मुक्षेत्र गुरुङ, बुद्धिजिवी पूर्ण लक्सम, प्रवासी नेपाली मञ्चका अध्यक्ष कुमार श्रेष्ठ, गोर्खाली समाज अध्यक्ष जय प्रकाश गुरुङ लगायतले बेलायतमा नयां शक्तिलाई शुभकामना दिए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली समाज यूकेको कार्यसमिति बिस्तार
गर्दै क्षेत्रीय समिति संयोजकहरु तोकिएको छ । विस्तारित कार्यसमितिमा
संयोजक भोला खनाल, सह संयोजकहरु प्रकाश शर्मा, सुरोज मास्के, संगठन विभाग प्रमुख दिपक गैरे, महिला विभाग शकुन्तला गुरुङ र प्रवक्ता जगन कार्की छन् । त्यसैगरि, आर्थिक विभागमा कृष्ण गैरे, पुष्प उप्रेती, धन गुरुङ , गणेश अधिकारी र अनुपमा न्यौपाने चुनिएका छन् ।
भेलाले अल्डरसट, फार्नबोरो र क्याम्बर्ली संयोजकमा हेम गुरुङ, मधेश विभाग
संयोजक पाण्डव महतो, प्रोफेसनल, इन्टेलेक्चुअल संयोजक डा. सुनिल शाह, लिड्स संयोजक रेशम थापा, स्कटल्यान्ड संयोजक विजय डंगोल, वेल्स
संयोजक योगेन्द्र गैरे, लेस्टर संयोजक राजु कंडेल, सेन्ट्रल लन्डन संयोजक प्रकाश शर्मा, साउथ इष्ट लन्डन क्रान्ति मास्के चुनिएका छन् । अन्य क्षेत्र र समुदायको प्रतिनिधित्व क्रमशः गर्दै लैजाने निर्णय गरिएको जनाइएको छ ।
सूचना प्रविधिको माध्यमबाट नेपालका नेताहरुले बिदेशमा यस्तो प्रत्यक्ष अन्तरक्रिया गर्ने डा. बाबुराम भट्टराई सम्भवतः प्रथम र यस्तो कार्यक्रम नै पहिलो भएको प्रवक्ता जगन कार्कीको दावी छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते