लन्डन । प्रविधिको सदुपयोग गर्दै नयां शक्तिका संयोजक डा. बाबुराम भट्टराईले यूकेका नेपालीसंग नेपालबाटै अन्तरक्रिया गरेका छन् । अन्तर्राष्ट्रिय नेपाली समाज यूकेको आयोजनामा गत मे ८ तारिख आइतबार अल्डरसटमा भएको कार्यक्रममा डा. भट्टराईले नेपालको समसामयिक राजनीतिक विषयवस्तु र नयां शक्तिबारे अन्तरसंवाद गरेका हुन् ।
उक्त कार्यक्रमका प्रमुख अतिथी थिए नयां शक्ति सचिवालय सदस्य बिरेन्द्र पोखरेल ।
कार्यक्रममा अन्तरिम केन्द्रिय परिषद सदस्य, युरोप तथा युके संयोजक भोला खनाल, केन्द्रिय परिषद सदस्य डा. सुनिल शाह लगायत बेलायतका विभिन्न ठाउंबाट आएका नयांशक्ति अभियन्ताहरुको उपस्थिति थियो ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष मुक्षेत्र गुरुङ, बुद्धिजिवी पूर्ण लक्सम, प्रवासी नेपाली मञ्चका अध्यक्ष कुमार श्रेष्ठ, गोर्खाली समाज अध्यक्ष जय प्रकाश गुरुङ लगायतले बेलायतमा नयां शक्तिलाई शुभकामना दिए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली समाज यूकेको कार्यसमिति बिस्तार
गर्दै क्षेत्रीय समिति संयोजकहरु तोकिएको छ । विस्तारित कार्यसमितिमा
संयोजक भोला खनाल, सह संयोजकहरु प्रकाश शर्मा, सुरोज मास्के, संगठन विभाग प्रमुख दिपक गैरे, महिला विभाग शकुन्तला गुरुङ र प्रवक्ता जगन कार्की छन् । त्यसैगरि, आर्थिक विभागमा कृष्ण गैरे, पुष्प उप्रेती, धन गुरुङ , गणेश अधिकारी र अनुपमा न्यौपाने चुनिएका छन् ।
भेलाले अल्डरसट, फार्नबोरो र क्याम्बर्ली संयोजकमा हेम गुरुङ, मधेश विभाग
संयोजक पाण्डव महतो, प्रोफेसनल, इन्टेलेक्चुअल संयोजक डा. सुनिल शाह, लिड्स संयोजक रेशम थापा, स्कटल्यान्ड संयोजक विजय डंगोल, वेल्स
संयोजक योगेन्द्र गैरे, लेस्टर संयोजक राजु कंडेल, सेन्ट्रल लन्डन संयोजक प्रकाश शर्मा, साउथ इष्ट लन्डन क्रान्ति मास्के चुनिएका छन् । अन्य क्षेत्र र समुदायको प्रतिनिधित्व क्रमशः गर्दै लैजाने निर्णय गरिएको जनाइएको छ ।
सूचना प्रविधिको माध्यमबाट नेपालका नेताहरुले बिदेशमा यस्तो प्रत्यक्ष अन्तरक्रिया गर्ने डा. बाबुराम भट्टराई सम्भवतः प्रथम र यस्तो कार्यक्रम नै पहिलो भएको प्रवक्ता जगन कार्कीको दावी छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान