लन्डन । नेपाली सिनेमाप्रति गहिरो अभिरुची राख्ने बेलायतका एकजना समाजसेवी डा. कपिल रिजालले बेलायतबाटै एउटा फिल्म निर्माण गर्ने भएका छन् । रिजालले नायक, निर्माता तथा निर्देशक भुवन केसीको सहयोगमा फिल्म निर्माण गर्ने भएका हुन् ।
नायक एवं निर्माता केसी आफ्नो निर्देशनमा बनेको चलचित्र ड्रिम्स प्रदर्शनका लागि हिरो सुपुत्र अनमोल केसीका साथ शनिवार लन्डन उत्रिएपछि आयोजित पत्रकार सम्मेलनमा रिजालले उक्त योजना सुनाए ।
आफ्नो समेत लगानी रहेको ड्रिम्स सफल भइरहंदा रिजालले आफ्नै कथा र स्क्रिन प्लेमा सामाजिक फिल्म बनाउने जानकारी दिए । फिल्ममा नायक अनमोल केसी, सन्तोष पन्त र धुर्मुस जस्ता कलाकार लिने सोच बनाइसकेका रिजालले फिल्मको नाम पछि तोकिने बताए ।
नेपालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका सुपुत्र कपिलको बेलायती नेपाली डायस्पोरामा आफ्नै पहिचान छ । उनले गत वर्षको भूकम्प लगत्तै करिब तीन दर्जन चिकित्सक र नर्स लिएर नेपालमा स्वास्थ्य शिविर र राहत, उद्दार तथा पुनर्निर्माणमा उल्लेख्य काम गरेका थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते