लण्डन । मिस युके नेपाल र मिसेज युके नेपालमा भाग लिने म्याद मे २० तारिखसम्म थप गरिएको छ ।
दुवै प्याजेन्टका लागि आज पहिलो अडिसन राखिएकोमा पर्याप्त प्रतियोगीहरु नभएपछि भाग लिने समयसीमा थपिएको आयोजकले जानकारी दिएका छन् ।
आज फार्नब्रोस्थित गोरखा प्यालेसमा भएको अडिसनमा मिस युके नेपालतर्फ छ जना र मिसेज युके नेपालतर्फ दुई जनाले मात्र उपस्थिति जनाएका थिए ।
मिस युके नेपालमा १९ वर्षीया अलिसा गौचन, २१ वर्षीया अलिसा लिम्बु, २० वर्षीया टेनिसा राना, २४ वर्षीया आरती गुरुङ, २२ वर्षीया प्रसंसा लिम्बु र १९ वर्षीया सुसन राईले आज अडिसन दिएका थिए । यस्तै मिसेज युके नेपालतर्फ अडिसन दिनेमा २९ वर्षीया कृष्टि थापा पुन र २५ वर्षीया पुनम गुरुङ थिए । मिस यूके नेपालको फिनाले आगामी २१ अगष्टमा इम्पायर ब्यांक्यूटिंग हल अल्डरसटमा हुने तय भएको छ ।
आज अडिसन दिन नभ्याउनेहरुले पछि आउँछु भनेकाले भाग लिने म्याद बढाइएको आयोजक शान्ति गुरुङले बताइन् ।
इभेन्टस एण्ड आइडियाजले गर्ने गरेको सो प्रतियोगिताका विजेतालाई ८०० पाउण्ड, रनर अपलाई ५०० पाउण्ड र सेकेण्ड रनर अपलाई ३०० पाउण्ड पुरस्कार दिइने बताइएको छ ।
गत वर्ष पनि पर्याप्त प्रतियाेगी नभएपछि साे प्याजेन्ट अायाेजना गरिएकाे थिएन ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते