लण्डन । सदाबहार नेपाली नायक भुवन केसी र उनका पुत्र अनमोल केसी ‘ड्रिम्स’ को प्रदर्शनका लागि यूके आइपुगेका छन् ।
आइतबारबाट युकेको विभिन्न स्थानमा प्रदर्शन हुँदै गरेको सो चलचित्रको प्रोमोसनका लागि उनीहरु शनिबार यूके आइपुगे । उनीहरुलाई चलचित्रका निर्माता डा. कपिल रिजाल र यूकेमा प्रदर्शनको आयोजक सपन इन्टरटेनमेण्टका निर्देशक सपनकुमार राईले स्वागत गरे । त्यसपछि सोझै उनीहरु क्याबर्लीस्थित सो एसिया रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा पुगेका थिए ।
पत्रकार सम्मेलनमा राईले भोलि अल्डरसटस्थित एम्पाएर ब्याङक्यूटिङ हलबाट सो चलचित्रको प्रदर्शन शुरु हुने र त्यसपछि १२ मेमा उलवीच ट्रान्स थियटरमा, १५ मेमा ह्यारो सफारी सिनेमामा, १६ मेमा ग्रानथाम, २० मेमा मेडिस्टोन, २१ मेमा क्याट्रिक र २२ मेमा स्कटल्याण्डकाे एबरडिनमा प्रदर्शन हुने जानकारी दिए । यसबाहेक अरु शोको लागि पनि छलफल भइरहेको उनले बताए ।
सो चलचित्रबाट निर्देशनमा डेब्यु गरेका भुवन केसीले ‘ड्रिम्स’ आफ्नो, अनमोल र नेपाली चलचित्र क्षेत्रकै ड्रिम्स भएको बताए । तीनदशक नेपाली चलचित्रमा अभिनय र निर्माणमा बिताएका केसीको निर्देशनको यो पहिलो चलचित्र हो । चलचित्र सबै उमेर समूहलाई मनपर्ने र ‘राम्रो’ चलचित्र भएकाले हेरिदिन उनले अनुरोध गरे ।
पत्रकार सम्मेलनमा उपस्थित चलचित्रका नायक तथा भुवन केसीका छोरा अनमोलले आफ्नै पिताको निर्देशनमा काम गर्दा कतिपय बेला सजिलो भए पनि ‘रोमान्स’को सिनमा लाज लागेको बताए । आफूले अभिनय गरेका चलचित्रका सहकर्मीहरुसित चलचित्र बाहिर पनि राम्रो सम्बन्ध रहेको प्रष्ट पार्दै उनले यदि कसैसित काम गर्न रोज्नुपर्यो भने गौरी मल्लसित काम गर्ने इच्छा व्यक्त गरे ।
युवापुस्तामा लोकप्रिय बन्दै गरेका अनमोलको रोजाइ पनि अनौठो छ । जबकि उनका पिता भुवनले गौरी मल्लसित कन्यादान, राँको लगायतका चलचित्रमा अभिनय गरिसकेका छन् ।
निर्देशक भुवन केसीले नेपाली चलचित्रको बजार विगतमा पनि राम्रो रहेको र अहिले पनि राम्रो रहेको धारणा व्यक्त गर्दै तर फिल्म ‘राम्रो’ बन्नपर्ने बताए । निर्देशनमा हात हाले पनि आफू कलाकार नै भएको र बाँचुन्जेल अभिनय गर्ने उनले प्रष्ट पारे ।
नाकाबन्दी र भूकम्पका कारण चलचित्रको लागत बढे पनि बक्स अफिसमा धेरै कमाउने चलचित्रमा दरिने विश्वास उनले व्यक्त गरे ।
साे चलिचत्र यसअघि हङकङ, अष्ट्रेलिया,जापानमा प्रदर्शन भइसकेकाे छ र चाँडै अमेरिकाका विभिन्न राज्यमा हुने बताइएकाे छ ।
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु