लण्डन । अागलागी पीडित लेस्टरबासी मधुसुदन अाचार्यकाे परिवारकाे परिवारलाई स्थानीय नेपाली समाजले सहयाेग हस्तान्तरण गरेकाे छ।
स्थानीय नेपालीहरूकाे संस्था साझा नेपाली समाज र सृजनशील लेस्टर नेपाल युकेकाे पहलमा लेस्टर, पिटरबाेराे, वुल्भरह्याम्पटन नटिघम, ग्रामथाम र स्पाल्डिङका नेपालीहरूबाट संकलित २ हजार ४० पाउण्ड हिजाे अाचार्य र उनकी श्रीमती दुर्गा खनाल अाचार्यलाई हस्तान्तरण गरियाे ।
गत अप्रिल २१, २०१६ मा अागलागीमा परी लेस्टरबासी आचार्य र उहाको लत्ताकपडासहित सबै सामान जलेर नष्ट भएको थियाे । त्यसपछि पिडित सहयाेगका लागि नेपाली समुदायसित अनुरोध गरेका थिए ।
उक्त सहयोग बेलायतको क्यम्ब्रिजशेयर,इस्ट मिड्ल्याण्ड, मिड्ल्याण्ड र लिंकनशेयरमा बस्ने नेपालीहरूका समाजिक संस्थाहरू पिटरबोरो नेपाली समाजबाट ६२१ पाउन्ड, नटिंघम नेपाली समाजबाट ५३९ पाउन्ड, श्रृजनशील लेष्टर नेपालबाट ५०१ पाउन्ड, हाम्रो नेपाली समाज, ओल्भरह्याम्पटनबाट २७१ पाउन्ड, गोरखा नेपाली कम्युनिटी पिटरबोरोबाट १०८ पाउन्ड संकलन गरिएको थियो ।
पीडित परिवार रहेको लेस्टर सिटीमै पुगी विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले सहयोग रकम हस्तान्तरण गरेका थिए । साझा नेपाली समाज युकेका अध्यक्ष रण बहादुर केसी, उपाध्यक्ष महेश अधिकारी, कोषाध्यक्ष नारायन फूयाल र निवर्तमान अध्यक्ष राजु कंडेल, पिटरबोरो नेपाली समाज अध्यक्ष केशव भण्डारी र कोषाध्यक्ष सिएम खरेल, सृजनशील लेस्टर नेपालका अध्यक्ष पशुपति पोखरेल, महासचिव प्रेम आले मगर र निवर्तमान अध्यक्ष दयानिधि सापकोटा, नेपाली समाज नटिंघमका पूर्व अध्यक्ष तारा भण्डारी, गुल्मी जिल्ला समाजका बरूण भण्डारी र पीडित परिवारका सहयोगी अमर हर्क बहादुर सावत लगायतको उपस्थिति थियो ।
पीडित परिवारका अनुसार एनआरएन यूकेले करिब २२ सय पाउण्ड सहयोग गरिसकेको र अन्य एक/दुई संस्थाबाट सहयोगको प्रतिबध्दता आएको बताइएको छ। आगलागी पीडित मधुसुधन आचार्य र दुर्गा खनाल आचार्यले दु:खको समयमा सहयोग गर्ने सबै सहयोगदाता र पहलकदमी गर्ने संघसंस्थाहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई