
लण्डन । अार्थिक अभावका कारण मुखकाे ट्युमरकाे उपचार गर्न असमर्थ रेबिका राईको उपचारका लागि युकेबाट साढे चार लाख सहयाेग जुटाइएकाे छ ।
खोटाङ जिल्ला च्यानडाँडा ८ तेर्थतुल स्थाई घर भई हाल बुढानिलकण्ठ काठमाडौंमा आफ्नो परिवारसँग भाडामा बस्दै आएकी १४ वर्षिया राईको उपचारमा अार्थिक अभावकाे समाचार सामाजिक सन्जाल फेसबूकमा आएपछि खोटाङ बुईपा घर भइ हाल स्विन्डन वेलायतमा बसोबास गर्ने धनकुमार राई, कल्पना राई तथा भोला बिक्रम राईले फेसबुकमार्फत सयुंक्त अभियान चलाइ ४ लाख ४९ हजर ५७० रूपियाँ सहयाेग संकलन गरेका हुन । साे रकम आजै बैंक ब्यवसायी अप्सरा राई तथा डा. अस्मिता राईले संयुक्तरुपमा रेबिका राईकै बासस्थानमा गई उनलाई हस्तान्तरण गरेकाे बताइएकाे छ। । सो अवसरमा पीडितका बाबाआमाले सम्पूर्ण यूकेबासीलाई सहयोगदाता धन्यवाद दिएका छन्।
रेबिका राईको ५ वर्षको हुँदादेखि नै ट्यूमर आएको र अहिले १४ वर्षको हुँदासम्म नेपालमै तीनपटक अपरेसन गरिसकिए पनि पूर्णरुपमा निको हुन सकिरहेको थिएन। डाक्टरहरुले भारतमा लगेर उपचार गरे पूर्णरुपमा निको हुनसक्ने सल्लाह दिएपछि कोलकातास्थित लाइफलाइन नर्सिंग होममा लगेर रेबिका राईको उपचार गरिन लागिएको हो।
दैनिक मजदूरी गरेर जीबिका चलाउने राईको बाबाआमाको आर्थिक अभावको कारण उपचार गराउन नसक्ने भएपछि सामाजिक सन्जालमा सहयोगको लागी अपील गरिएको थियो। रेबिका राई आज ५ मे, २०१६ नै उपचारको लागी कोलकत्ता प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान