लन्डन । साउथ इष्ट लन्डनमा शान्ति पदयात्रासहित २५६० औं बुद्ध जयन्ती मनाउने तयारी भएको छ । २१ मे दिनभर बुद्ध जयन्ती मनाइने आयोजक दक्षिणपूर्व क्षत्रीय तमुधिं लन्डनले जानकारी दिएको छ ।
कार्यक्रम अनुसार बिहान १० बजे उलबीच टाउन हलमा भेला भएर ११ देखि १ बजेसम्म शान्ति पद यात्रा र्याली एवं १ देखि ६ बजेसम्म टाउनहलमा पूजा प्रवचन गरिने छ ।
पोहोर साल झैं यसवर्ष पनि शान्तिका विभिन्न सन्देशहरु, भगवान बुद्ध दर्शनका महावाणीहरु, बुद्ध भगवान नेपालमा जन्मेका थिए जस्ता सन्देश सन्देश प्रवाह गर्दै जयन्ती मनाउन लागिएको हो । भगवान बुद्ध भारतमा जन्मेका हुन् भन्ने भ्रम चिर्न बुद्ध नेपालमा जन्मेका थिए जस्ता प्लेकार्डहरु प्रदर्शन गरेर तथा शान्ति पदयात्रामा सहभागी भएर कार्यक्रम सफल पारिदिन आयोजकको आग्रह छ ।
कार्यक्रम संयोजक एवं उक्त संस्थाका सल्लाहकार सुमलकुमार गुरुङ र अध्यक्ष श्रीचन्द्र गुरुङले कार्यक्रम सफल बनाउन आग्रह गरेका छन् । कार्यक्रममा हरेक संस्थालाई कम्तीमा ५० जनासहित प्लेकार्डहरु बोकेर सहभागिता जनाउन उनीहरुको आग्रह छ ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान