लन्डन । बिशाल रेग्मी (२६) विद्यार्थी भिजामा छन् यूकेमा । विद्यार्थी स्टाटस सुन्ने बित्तिकै अधिकांशको मानसपटलमा अध्यागमन समस्या, दुःख कष्ट र पीडाले आक्रान्त छन् भन्ने लाग्छ । तर, अपवाद छन् विगत ७ वर्षदेखि यूकेमा अध्ययनरत बिशाल । ट्राभल एण्ड टुरिजम विषय पढेपनि गायन आफ्नो पेशा बनाएका उनको डिमान्ड यहां लोभलाग्दो छ । नेपाली भन्दा भारतीय समुदायबाट चम्किएका छन् उनी ।
भारतीय समुदायका बिहे, कर्पोरेट एवं च्यारिटी इभेन्ट, टिकेट्स इभेन्ट र म्यूजिकल नाइट्समा नियमित गाउंछन् बिशाल । साउण्ड क्लाउडमा गीत अपडेट गरेपछि उनलाई अफर आउने क्रम बढेको रहेछ । गायनका लागि उनलाई ह्यालिफ्याक्स, डन्डी, म्यानचेष्टर, बोल्टन, ब्राटफोर्ड, लेस्टर, बर्मिङहम, लन्डन, सरे उल्भरह्याम्पटन आदि शहरमा अफर आइसके । रेष्टुरेन्ट देखि सानो स्केल र ठूलो रेष्टुरेन्टमा गएर समेत गाए बिशालले । उनले पारिश्रमिक २५० देखि एक हजार पाउण्डसम्म लिने गरेको गर्वका साथ सुनाए । ‘एकपटक मेरो प्रस्तुतिबाट खुशी भएर ५ हजार पाउण्ड टिप्स पाएको छु’, उनी खुशीको क्षण सम्झन्छन् ।
उनी ५ वर्षको उमेरदेखि नै भजन गाउंथे तर अहिले जसरी हजारौं दर्शक सामु व्यवसायिक रुपमा गाइएला, आत्मविश्वास बढ्ला भन्ने उनले कहिल्यै सोचेनन् । लेस्टरमा दीवाली रोड शो गर्दा करिब ३० हजार दर्शकका अगाडि गाएको सम्झने बिशाल एकदम हाइ, मध्यम र लो बीट सबै खाले गीत गाउन सक्ने बताउंछन् । ‘एकै दिन ५० वटा सम्म गीत गाएको छु’, उनले भने, एक पटक मैले गाएको च्यारिटी कार्यक्रममा एकै पटक डेढ लाख पाउण्ड उठेको छ ।’ हप्तामा सातै दिन गाएको समेत उनले बताए । दुई वर्ष यता उनको व्यस्तता बढेको हो ।
भारतीय नयां र पुराना पाश्र्व गीत उनको रोजाइमा पर्छन् । शुरुमा उनले सोनु निगमका गीतबाट आफ्नो गायन यात्रा थालेका हुन् ।
‘मलाई परर्फेक्सनिष्ट भएर काम गर्न मन लाग्छ,’ उनी भन्छन् । अहिले गायनमा उच्च प्रतिष्पर्धा भएपनि आफ्नो सुमधुर स्वरले दर्शक श्रोताको मन जितिरहेको उनले दावी गरे ।
ब्रिटेन गट ट्यालेन्टको तेश्रो राउण्डसम्म पुगेका उनी ब्रिट आइडल २०१२ को सेमिफाइनलिष्ट हुन् ।
बाबा रुद्रनाथ रेग्मी भजन गायक भएकाले पनि बिशाल गायनतिर बढि आकर्षित भए । उनले बेलायत आउनुअघि दुई वर्षजति नेपालमै यस क्षेत्रको प्रशिक्षण लिएका थिए ।
बिशाल अब छिट्टै नेपाल फर्किएर गीत संगीतमै आफ्नो करिअर बनाउने सुरमा छन् । बायू पंखी…गीत रेकर्ड गराएर सकारात्मक प्रतिक्रिया लिइरहेका उनले छिट्टै एल्बम निकाल्ने योजना समेत सुनाए । कला, परिश्रम र लगाव भए यस क्षेत्रमा सफलता हासिल गर्न सकिने विश्वास उनमा छ ।
बिशालले धेरै सेलिब्रेटीसंग भेट्न र कार्यक्रम गर्ने अवसर पाएका छन् । उनले ब्रिटेनका नामी बक्सर एवं कुनै बेलाका विश्व च्याम्पियन अमिर खानले उनको भतिजको बिहेमा गाउन बोलाएको सम्झिए । उनले स्टार प्लस परिवारलाई गीत सुनाएका छन्, सलिम मर्चेन्टसंग एउटै कार्यक्रममा गाए । नेपाली गायक हेमन्त शर्माबाट प्रभावित उनले रिमा गुरुङ होडा र नबीन के भट्टराईसंग मात्र गाउने अवसर पाएको र नेपाली समुदायमा आफू राम्ररी घुलमिल हुन नसकेको गुनासो गरे ।
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट