
लन्डन । गायनमा नयां प्रतिभा जन्माउने बेलायतको लोकप्रिय टेलिभिजन रियालिटी शो एक्स फ्याक्टरमा एक नेपाली युवा छानिएका छन् । सुयोग रामदाम उक्त शोका लागि छानिएका
हुन् । सम्भवतः एक्स फ्याक्टरमा छानिने सुयोग पहिलो नेपाली
हुन् । सुयोगले आफ्नो फेसबुक टाइमलाइनमा ‘सेलेक्टेड डन’ लेखेपछि उनलाई बधाइ दिनेको ओइरो लागेको छ । सुयोगको बांकी यात्रा सफल होस् भनेर शुभकामना दिने पनि अत्यधिक छन् ।
साइमन कोवेलले सन् २००४ बाट शुरु गरेको उक्त शो प्रत्येक वर्ष अगष्ट, सेप्टेम्बर देखि डिसेम्बरसम्म प्रसारण हुंदै आएको छ ।
पब्लिक दर्शकबाट छानिने उक्त शो यसअघि ९० लाख दर्शकले एकैपटक अवलोकन गरेका थिए ।
हालसम्म स्टिभ ब्रुकस्टेन, सायन वार्ड, लियोना लिवीस्, लियोन ज्याक्सन, अलेक्सान्ड्रा बर्क, जो म्याक एल्डरी, म्याट कार्डल, लिटिल मिक्स्, जेम्स् आर्थर, साम बेली र बेन हेइनाउ गरि ११ जनाले उक्त उपाधि जितिसकेका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते