
लन्डन । प्रवासी नेपाली मञ्च यूकेले विद्यार्थी आन्दोलनका एकजना बहुचर्चित नेता (योद्धा) बलराम समाललाई आर्थिक सहयोग गरेको छ ।
मञ्चले समालको उपचारार्थ सोमबार काठमाण्डूमा आयोजित एक कार्यक्रमबीच रु. ५,९३,००० (पांच लाख तीरानब्वे हजार रुपैयां) हस्तान्तरण गरेको हो । समालकी छोरी सुनगाभा समाल र निजको उपचारार्थ गठित समितिका संयोजक एमाले केन्द्रीय सदस्य एवं बुद्धिजिवी बिभाग प्रमुख टंक कार्कीलाई रकम हस्तान्तरण गरिएको मञ्चले जनाएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा युरोप इन्चार्ज कमरेड रामकुमारी झाक्री, नेकपा एमालेका उप महासचिव घनश्याम भुसाल, नेकपा एमाले पोलिटब्युरो सदस्य बेदुराम भुसाल, ओएनएफ यूके उपाध्यक्ष रामजी बराल लगायतको उपस्थिति थियो ।
ओएनएफ यूकेका अध्यक्ष रामशरण सिम्खडाको विशेष सक्रियता र मिलन घिमिरेको संयोजनमा समालको उपचारार्थ सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो । उक्त अभियानलाई ओएनएफ यूकेका अन्य पदाधिकारी र सदस्यहरुबाट पहल भएको थियो ।
मानसिक रोगले सिकिस्त अनेरास्ववियूका पूर्व केन्द्रीय सदस्य तथा नेपाल ल क्याम्पसका तत्कालिन स्ववियू सभापति समाल महोत्तरी रामनगरस्थित आफ्नै निवासमा लामो समयदेखि बिरामी भएर बसिरहेका छन् ।
निरंकुश पञ्चायती शासनकालमा पञ्चायती ब्यवस्थाविरुद्ध राजनैतिक परिवर्तनको पक्षमा सशक्त आवाज उठाएकै कारण तत्कालिन सरकारले उनलाई निर्मम यातना दिएको थियो । त्यसकै असरले गर्दा उनी अहिले शारिरिक अशक्त तथा मानसिक बिरामी परेका छन् । तत्कालिन सरकारले करेन्ट लगाउने, पैतालामा पिट्ने जस्ता अमानवीय यातनाकै कारण उनको यस्तो अवस्था भएको हो ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान