लन्डन । एनआरएनए यूकेले आगलागी पीडित एक नेपाली परिवारलाई २ हजार ४२ पाउण्ड सहयोग गरेको छ । बेलायत लेस्टर बस्ने मधुसुदन आचार्यको परिवारलाई उक्त रकम प्रदान गरिएको हो ।
फ्रिजमा उच्च तापक्रमका कारण आगलागी भएर आचार्य बस्ने फ्ल्याटसहित सम्पूर्ण जिन्सी सामाग्री खरानी भएपछि उनले नेपाली समुदायबाट सहयोग अपिल गरेका थिए । आचार्य श्रीमति दुर्गा खनाल, छोरी प्रिन्सेस र छोरा प्रनिस आचार्यका साथ उक्त वान बेड रुम स्टुडियो फ्ल्याटमा बस्थे ।
उक्त समाचार वीनेपालीमा पहिलोपटक प्रकाशित भएपछि एनआरएनए यूके कोषाध्यक्ष दीपक श्रेष्ठले आर्थिक संकलनको नेतृत्व गरेका थिए ।
संघले आफ्नो वेलफेयर फण्डबाट ३०० पाउण्ड दिएको थियो भने गायक योगेश्वर अमात्यले नेपालबाटै ५०० पाउण्ड प्रदान गरे ।
एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ र कोषाध्यक्ष श्रेष्ठले सहयोगदाताहरुप्रति आभार व्यक्त गरेका छन् । श्रेष्ठले पीडित आचार्यका लागि थालिएको चन्दा संकलन अभियान आज सोमबारबाटै बन्द गरिएको जनाए । आर्थिक सहयोग गर्न प्रतिवद्धता व्यक्त गरे बमोजिम १५२ पाउण्ड भने उठ्न बांकी छ ।
सहयोगदाताहरु
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते