लन्डन । एनआरएनए यूकेले आगलागी पीडित एक नेपाली परिवारलाई २ हजार ४२ पाउण्ड सहयोग गरेको छ । बेलायत लेस्टर बस्ने मधुसुदन आचार्यको परिवारलाई उक्त रकम प्रदान गरिएको हो ।
फ्रिजमा उच्च तापक्रमका कारण आगलागी भएर आचार्य बस्ने फ्ल्याटसहित सम्पूर्ण जिन्सी सामाग्री खरानी भएपछि उनले नेपाली समुदायबाट सहयोग अपिल गरेका थिए । आचार्य श्रीमति दुर्गा खनाल, छोरी प्रिन्सेस र छोरा प्रनिस आचार्यका साथ उक्त वान बेड रुम स्टुडियो फ्ल्याटमा बस्थे ।
उक्त समाचार वीनेपालीमा पहिलोपटक प्रकाशित भएपछि एनआरएनए यूके कोषाध्यक्ष दीपक श्रेष्ठले आर्थिक संकलनको नेतृत्व गरेका थिए ।
संघले आफ्नो वेलफेयर फण्डबाट ३०० पाउण्ड दिएको थियो भने गायक योगेश्वर अमात्यले नेपालबाटै ५०० पाउण्ड प्रदान गरे ।
एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ र कोषाध्यक्ष श्रेष्ठले सहयोगदाताहरुप्रति आभार व्यक्त गरेका छन् । श्रेष्ठले पीडित आचार्यका लागि थालिएको चन्दा संकलन अभियान आज सोमबारबाटै बन्द गरिएको जनाए । आर्थिक सहयोग गर्न प्रतिवद्धता व्यक्त गरे बमोजिम १५२ पाउण्ड भने उठ्न बांकी छ ।
सहयोगदाताहरु
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान