
लन्डन । बेलायत भ्रमणमा रहेका चर्चित गायक गायिका धिरज राई र कुन्ती मोक्तानले आइतबार सांझ लन्डनमा आफ्नो गायन प्रस्तुत गरे । लन्डन साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लबमा कार्यक्रम भएको हो । कार्यक्रमका आयोजक थिए यती नेपाली एसोसिएसन यूके अध्यक्ष उमेश मोक्तान । तर, कार्यक्रम मोक्तानको व्यक्तिगत तर्फबाट भएको थियो ।
करिब अढाइ सय सहभागी उक्त कार्यक्रममा कुन्ती र धिरजले आफ्ना नयां पुराना दर्जनौं गीत गाएर दर्शकलाई सांगीतिक रसस्वादन गराए । कार्यक्रममा लामो मन्तव्य र आसन ग्रहण भएन । यसले पनि दर्शकले भरपुर मनोरन्जन लिन पाएको आयोजक मोक्तानले बताए ।
कार्यक्रममा प्रमुख अतिथी थिए सांसद बीरेन्द्र शर्मा । नेपाली समुदायका हरेक कार्यक्रममा सहभागी हुने शर्माले मन्तव्यका क्रममा नेपाल भूकम्पको पीडाबाट अझै उम्कन नसकेको स्मरण गर्दै सबैलाई नेपालको पुनर्निर्माणमा सघाउन आग्रह गरे । सांसद शर्माले नेपालबाट आएका कलाकार कुन्ती, धिरज एवं स्थानीय कलाकारहरुलाई खादाले सम्मान गर्दै टोकन अफ लभ समेत प्रदान गरे ।
साढे सात बजे शुरु हुने भनिएको कार्यक्रम केही समय ढिलो भएपछि अध्यक्ष मोक्तानले आफैं प्रारम्भ गरेर पछि शशी थापा सुब्बा र लक्ष्मी राई (लारा) ले सञ्चालनको जिम्मेवारी लिएका थिए ।
उक्त कार्यक्रममा प्रतिष्ठा त्रिपाठीले आकर्षक नृत्य एवं गायिका केशु श्रेष्ठ र सोनाहांग राईले आ आफ्नो गायन प्रस्तुत गरे । कार्यक्रममा धराने महिलाले धरानमा निर्माणाधिन आकाशे पुल प्रोजेक्टमा सघाउने उद्देश्यले मम, अचार र सेलरोटी बेचेका थिए ।
तस्विरः एभरेष्ट गौतम
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते