
लन्डन । बेलायत भ्रमणमा रहेका चर्चित गायक गायिका धिरज राई र कुन्ती मोक्तानले आइतबार सांझ लन्डनमा आफ्नो गायन प्रस्तुत गरे । लन्डन साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लबमा कार्यक्रम भएको हो । कार्यक्रमका आयोजक थिए यती नेपाली एसोसिएसन यूके अध्यक्ष उमेश मोक्तान । तर, कार्यक्रम मोक्तानको व्यक्तिगत तर्फबाट भएको थियो ।
करिब अढाइ सय सहभागी उक्त कार्यक्रममा कुन्ती र धिरजले आफ्ना नयां पुराना दर्जनौं गीत गाएर दर्शकलाई सांगीतिक रसस्वादन गराए । कार्यक्रममा लामो मन्तव्य र आसन ग्रहण भएन । यसले पनि दर्शकले भरपुर मनोरन्जन लिन पाएको आयोजक मोक्तानले बताए ।
कार्यक्रममा प्रमुख अतिथी थिए सांसद बीरेन्द्र शर्मा । नेपाली समुदायका हरेक कार्यक्रममा सहभागी हुने शर्माले मन्तव्यका क्रममा नेपाल भूकम्पको पीडाबाट अझै उम्कन नसकेको स्मरण गर्दै सबैलाई नेपालको पुनर्निर्माणमा सघाउन आग्रह गरे । सांसद शर्माले नेपालबाट आएका कलाकार कुन्ती, धिरज एवं स्थानीय कलाकारहरुलाई खादाले सम्मान गर्दै टोकन अफ लभ समेत प्रदान गरे ।
साढे सात बजे शुरु हुने भनिएको कार्यक्रम केही समय ढिलो भएपछि अध्यक्ष मोक्तानले आफैं प्रारम्भ गरेर पछि शशी थापा सुब्बा र लक्ष्मी राई (लारा) ले सञ्चालनको जिम्मेवारी लिएका थिए ।
उक्त कार्यक्रममा प्रतिष्ठा त्रिपाठीले आकर्षक नृत्य एवं गायिका केशु श्रेष्ठ र सोनाहांग राईले आ आफ्नो गायन प्रस्तुत गरे । कार्यक्रममा धराने महिलाले धरानमा निर्माणाधिन आकाशे पुल प्रोजेक्टमा सघाउने उद्देश्यले मम, अचार र सेलरोटी बेचेका थिए ।
तस्विरः एभरेष्ट गौतम
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा