लन्डन । बेलायतमा कर्मथलो बनाइरहेकी कलाकार रोमियन लिम्बु पछिल्लो पटक यस क्षेत्रमा झन् सक्रिय भएकी छिन् । नागबेली फिल्मकी निर्मात्री रोमियनले अभिनय गरेको गायक पदम राईको लोक पप गीत तिम्ले छाडी गए पनि… को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
दुई दिन अघि सार्वजनिक उक्त भिडियोमा रोमियन र सक्षम श्रेष्ठको अभिनय छ भने निर्देशन गोबिन्द राईले गरेका हुन् । उक्त गीत बिनोद र राजु श्रेष्ठले लेखेका हुन् ।
रोमियनले भिडियो हेरेर प्रतिक्रिया दिन दर्शकसंग आग्रह गरेकी छिन् ।
बेलायत भएर पनि रोमियनको कलाकारिता झन् झांगिदो छ । उनको भूपू लाहुरे नामक फिल्म प्रदर्शनको तयारीमा छ, जसमा उनले मुख्य भूमिका निर्वाह गरेकी छिन् ।
ब्रिटिश गोर्खा नेपलिज काउन्सिलको कलाकार विभाग प्रमुख रोमियनले एलबी सुब्बाको निर्देशनमा बन्न लागेको भर्जिनिया वाटर फिल्ममा समेत लिड रोल हुने जनाइन् । उक्त सिनेमा आगामी एक जुलाइबाट यूकेमा छायांकन शुरु हुने बताइएको छ ।
भिडियो हेर्नुहोस्ः
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’