
सियान (चीन), १८ वैशाख । यसवर्षको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा चीनको विशेष एवम् उच्चस्तरीय सहभागिता हुने भएको छ ।
भगवान गौतम बुद्धको जन्मदिन वैशाख शुक्ल पूर्णिमा (बुद्ध पूर्णिमा) लाई नेपालले अन्तर्राष्ट्रिय बुद्धजयन्ती एवम् बौद्ध सम्मेलनका रुपमा मनाउने घोषणा गरेको छ ।
यसवर्ष आगामी जेठ ८ गते परेको यस जयन्तीका क्रममा नेपाल सरकारले जेठ ६ गतेदेखि काठमाडौंँ र लुम्बिनीमा तीन दिनसम्म सम्मेलनका विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको छ ।
चीनबाट ठूलो सङ्ख्यामा बौद्धमार्गी, विद्धान विदुषी तथा बौद्ध भिक्षु र बौद्ध दर्शनका अद्येताहरुका साथै चीन सरकारका तर्फबाट ठूलो सहभागिता हुने भएको बताइएको छ ।
सोही सम्मेलनका क्रममा लुम्बिनीमा चिनियाँ भिक्षु सुआन चाङको मूर्ति पनि राख्ने तय भएको छ । चाङ्ले नै नेपालबाट बुद्ध धर्म चीन लगेर प्रचारप्रसार गरेका थिए ।
यस सम्मेलनमा चीनको सान्सी प्रान्तका प्रमुख उपमन्त्री याओ यिनलिङ नेपाल आउने र उहाँकै उपस्थितिमा लुम्बिनीमा चाङ्का मूर्तिको अनावरण गरिने कार्यक्रम रहेको छ ।
त्यस्तै हेनान प्रान्तका बौद्धगुम्बा विभागका प्रमुख पनि सो सम्मेलनमा सहभागी हुने निश्चित भएको छ । चिनियाँ सान्सी प्रान्तको सियानमा अवस्थित सियान विश्वविद्यालयका प्राध्यापक डा. राजिवकुमार झाले केही महिनादेखि सान्सी, हेनान, सिचुवान प्रान्तका साथै राजधानी बेइजिङ्मा यस विषयमा व्यापक प्रचार गर्नुभएको छ ।
उहाँले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको जानकारी पत्रपत्रिकामा विज्ञापन, लेख रचना तथा स्थानीय सञ्चारमाध्यमहरुमा अन्तरवार्ता मार्फत गराउनुभएको छ ।
प्रा डा. झाले यस सम्मेलनमा बढीभन्दा बढी चिनियाँ भिक्षु तथा दार्शनिक र अद्येताहरुको सहभागिताका लागि यहाँका बौद्ध अध्ययन केन्द्र, विद्यालय एवम् विश्वविद्यालय, बौद्ध गुम्बा र अरु सम्बन्धित स्थानमा आफू नै पुगेर वा प्रतिनिधि मार्फत सम्मेलनको प्रचार गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गत महिना भएको चीन भ्रमणका क्रममा सिचुवान प्रान्तीय सरकारले प्रा डा.झालाई नेपाल र चीनको सिचुवान प्रान्तबीचको मैत्री सम्बन्ध प्रवद्र्धन गर्ने सद्भावना दूतका रुपमा नियुक्त गरेको हो ।
सिचुवान नेपालको सिस्टर सिटी (भगिनी सहर) का रुपमा रहेकाले आफूले सिचुवान सहर तथा समग्र चीनसँगकै सम्बन्धका लागि विशेष भूमिका निर्वाह गर्ने जानकारी उहाँले दिनुभयो ।
नेपालमा मनाउन लागिएको सो अन्तर्राष्ट्रिय सम्मेलनमा बौद्ध दर्शनका अगुवा, यस क्षेत्रका विद्धान र भिक्षुहरुलाई सहभागी गराउन सकिएमा उहाँहरुले चीनमा ल्याउने सन्देशले धेरै ठूलो अर्थ दिने र यसले नेपालमा चिनियाँ धार्मिक पर्यटकको सङ्ख्या ह्वात्तै बढ्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो– मैले अहिले नै नाम त दिन सक्दिन तर चीन सरकार, यहाँको कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेता तथा बौद्ध अध्ययनका विशिष्ट व्यक्तिसँग पनि कुराकानी गरिरहेकाले यस पटकको बुद्धजयन्तीमा चीनको उच्चस्तरीय सहभागिता हुनेछ ।
चीनका उच्च सरकारी अधिकारीसँग नै सहभागिताका लागि कुराकानी भइरहेको तर अहिलेसम्म व्यक्ति को भन्ने बारेमा भने निश्चित नभएको उहाँले जानकारी दिनुभयो । प्राध्यापक झाले नेपाल चीन सम्बन्धको विस्तारका लागि चीनमा बुद्धसम्बन्धी दर्शनको विस्तार र प्रचार पनि एक महत्वपूर्ण कार्य भएकोले आफूले यस पटकको अन्तर्राष्ट्रिय बुद्धजयन्तीमा बढी भन्दा बढी चिनियाँको सहभागिताका लागि काम गरिरहेको जानकारी दिनुभयो ।
गौतम बुद्धको २५६० औँ जयन्तीका अवसरमा मनाइने यस सम्मेलनमा ४० देशका भिक्षुलाई आमन्त्रण गरिएको र अहिलेसम्ममा २२ देशको सहभागिता निश्चित भएको जानकारी सरकारले दिएको छ । सम्मेलनमा ४०० प्रतिनिधिको सहभागिता हुने बताइएको छ ।
संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले यस पटकको सो सम्मेलनमा विश्वका कैयौँं देशको प्रतिनिधित्व हुने हँुदा यसले नेपालमा धार्मिक पर्यटनको आगमनमा ठूलो सहयोग पुग्ने धारणा राख्नुभयो ।
लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले सम्मेलन यसअघिको तुलनामा सहभागी एवम् अन्य हिसाबले पनि विशेष हुने बताउनुभयो । सम्मेलनमा बौद्ध दर्शन र धर्ममा आधारित बहस, यससम्बन्धी कार्यपत्र प्रस्तुत गरिनुका साथै बौद्ध दर्शनको विस्तारका बारेमा गोष्ठीहरु गरिने छन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार